डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं, २ साउन।   नेपालमा नयाँ सरकारको गठबन्धनमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना शुभेच्छुकलाई social  media र अन्य digital  माध्यमबाट बधाई  दिन आग्रह गरेका छन्।

नेकपा एमाले अध्यक्ष एवम प्रधानमन्त्री  ओलीले विशेष रूपमा सकेसम्म messenger लगाएत अन्य सामाजिक संजालबाट बधाई तथा सन्देश  पठाउन अनुरोध गरेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा  समयको पनि बचत हुने भएको कारणले यस प्रक्रिया अपनाउन ओलीले आग्रह गरे।

ओलीले आफ्ना शुभेच्छुकलाई सन्देश पठाउँदा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गरेका छन् । उनि सोमबार प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री भए लगतै  बधाई तथा शुभकामना दिनेको भीड बढेकोको र सबै लाइ प्रतक्ष्य  भेटघाट गर्ने  समय नभएकोले सबैमा यस्तो अनुरोध  गरेका हुन्।


प्रकाशित : २०८१ श्रावण २, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित