कालिकोटमा जीप दुर्घटना; ६ जनाको मृत्यु


कालीकोट, कात्तिक २५ गते । कालिकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो २ बजेर ३० मिनेटतिर राडुकाप्रे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनाका घाइतेहरुलाई कालागाउँ क्षेत्रीय अस्पताल कालिकोट लगिएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल पुर्‍याइएको हो ।प्रहरीका अनुसार दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । गाडीमा कति जना थिए भन्ने खुलेको छैन । अझै खोज तथा उद्धारमा प्रहरी र स्थानीय जुटेका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । थप विवरण भने आउन बाँकी नै छ।


प्रकाशित : २०८१ कार्तिक २५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित