कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई दुइ दिन हिरासतमा राख्न अदालतको अनुमति


मानव तस्करी प्रकरणमा मुछिएको पूर्वमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले दुइ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको  छ।

आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा  स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। आइतबार विराटनगर निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौँ ल्याइएको थियो।


प्रकाशित : २०८१ कार्तिक २५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित