मानव तस्करीका आरोपित एमाले प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो


काठमाडौँ, कात्तिक २५ गते। पूर्वमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा  स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। आइतबार विराटनगर निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौँ ल्याइएको हो।

 

 

 


प्रकाशित : २०८१ कार्तिक २५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित