रवि आज चितवनमा: सहारा सहकारी रकम अपचलनको आरोपमा पक्राउ पुर्जी जारी


काठमाडौं, १८ मंसिर   – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज बयानका लागि चितवन पठाइएको छ।लामिछानेलाई चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो। चितवन जिल्ला अदालतको आदेश अनुसार, उनलाई अहिले चितवन पठाइएको प्रहरीले पुष्टि गरेको छ।

उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसँग सम्बन्धित मुद्दामा बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएपनि, आज बिहान बुद्ध एयरको उडानमार्फत चितवन लगिएको हो।

यसअघि लामिछानेलाई पोखरा, बुटवल र काठमाडौंका विभिन्न स्थानहरूबाट बयान लिइसकेको छ। उनलाई स्वर्णलक्ष्मी, सहारा, सूर्यदर्शन, सुप्रिम र सानो पाइला जस्ता सहकारी संस्थाबाट रकम अपचलन गरेको आरोप लागेको छ।

 

 

 

 

 

 


प्रकाशित : २०८१ मंसिर १८, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित