प्रशासन कार्यालयमा काभ्रेली पत्रकारको धर्ना

प्रशासन कार्यालयमा काभ्रेली पत्रकारको धर्ना

धुलिखेल । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाईको माग गदै जिल्ला प्रशासन कार्यालय काभे्रमा एक घण्टा धर्ना दिएका छन ।

बिद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी हुनुपर्ने पत्रकारहरुले माग गरेका छन । महासंघले बिहीबार विहान ९:३० बजेदेखि १०:३० बजेसम्म एकघण्टा जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडी धर्ना दिएको छ । धर्ना पश्चात नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ देउपुरे, पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारलाई स्वतन्त्र पूर्ण लेख्न पाउने सरकारले ग्यारेन्टी गर्नुपर्ने माग गर्नुभयो ।

जिल्लाका क्रियाशिल पत्रकारहरुको धर्नामा बाक्लो उपस्थिती रहेको थियो ।

काभ्रे सँगै आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal