‘स्वाभिमान’ र ‘स्वविवेक’ सार्वजनिक

‘स्वाभिमान’ र ‘स्वविवेक’ सार्वजनिक

राजधानीको कुञ्ज थिएटरमा आज एक समारोहका बीच स्वाभिमान र स्वविवेक पुस्तक लोकार्पण भएको छ ।

डाक्टर योगी विकाशानन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि योगी विकाशानन्द, नेपालको पहिलो महिला डिजिएम गोसाई केसी, लेखक रामजी बहादुर खत्री, उहाँको धर्मपत्नी, इन्जिनियर सुष्मा रन्जित कृषि बिकास बैंकको डाइरेक्टर विनोद गुरागाईले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि योगी विकाशानन्दले शरीरको उमेर बढ्दै जान्छ तर असल कर्म नगरेको जीवन मरेको जस्तै हो ।

त्यसैले किताबको हेडलाईन स्वाभिभान र स्वविवेक जस्तै जीवन बनाए आफू मरे पनि अरूको मनमा बाँच्न सकिने बताउनुभयो । भन्नुभयो “घोस्ट राइटिङ नेपालले मान्छेको कथा मर्न नदिन गरेको मेहनतको प्रशंसक छु, रामजी बहादुर खत्रीको स्वाभिमान र स्वविवेक आजदेखि बाँचेको छ ।’’

कार्यक्रममा स्वागत गर्दै इन्जिनियर शुष्मा खत्री रन्जितले आाफ्नो बाबू लेखक रामजी बहादुर खत्री स्वाभिमान र स्वविवेकी भएकोले किताबले त्यतातर्फ दृष्टि पु¥याएको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष दल बहादुर केसीले पुस्तक आफैंमा इतिहास भएको बताउनुभयो । प्रकाशन संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले हरेक मान्छेमा राम र रामायण हुने, कृष्ण र गीता हुने, चन्डी र दुर्गा हुने, हुनाले व्यक्ति र कृति हरेक मान्छेमा हुने भएकोले त्यो निकाल्न आफू लागिपरेको त्यसकै पछिल्लो रुप यो पुस्तक स्वाभिमान र स्वविवेक आएको बताउनुभयो ।

अर्का अतिथि कृषि विकास बैंकका डाइरेक्टर विनोदले किताबले जीवनमा असाध्यै प्रभाव पार्ने र यो पुस्तक जीवनी भएकोले झनै प्रभावित पार्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको पहिलो पूर्व महिला डिजिएम गोसाई केसीले किताबको शीर्षक र जीवन ठ्याक्कै मिलेको बताउनुभयो । “निर्णय गर्दा स्वविवेकी नभई अरूको विवेक हेर्दा अन्याय हुन्छ, उहाँले प्रहरी निरीक्षक हँुदा स्वविवेक र स्वाभिमानी भएर आएको छ ।’’

स्वाभिमान र स्वविवेकका लेखक रामजी बहादुर खत्रीले आफू जीवनभर पुस्तकमा लेखिएको स्वाभिमान र स्वविवेक हेडलाइनमा समर्पित भएको कारण जीवनमा पैसा कमाउन नसकेको दुश्मन कमाएको तर ती सबै पछि आफूलाई मान्ने मान्छे भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal