म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग ४–० ले पराजित भएको हो ।

एभर्टनको जितमा रिचार्लिसन, सिगुडसन, लुकास र थियो वालकोटले गोल गरे । एभर्टनले १३ औं मिनेटमै गोलको खाता खोलेको थियो । ३४ खेलबाट ६४ अंक जोडेको म्यानचेष्टर युनाइटेड अंक तालिकाको छैटौं स्थानमा छ ।

सातौं स्थानमा रहेको एभर्टनले ३५ खेलबाट ४९ अंक बटुलेको छ । लिभरपुल ८८ अंकसहित शीर्ष स्थानमा छ । आइतबार राति नै भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal