संचारमन्त्रीले भने धर्मको जनमत संग्रह हुँदैन

संचारमन्त्रीले भने धर्मको जनमत संग्रह हुँदैन

धुलिखेल – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले धर्मको अस्त्र लगाएर जनमत संग्रहभन्दै हिड्नेहरुलाई धर्मको जनमत संग्रह नहुने बताएका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले धर्मको जनमत संग्रह नहुने स्पष्ट पारेका छन् । उनले राजतन्त्र फर्काउन धर्मको अस्त्रको प्रयोग नगर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले धर्म संस्कृति बेल्लै चित्र भएको र राजतन्त्र बेग्लै भएकाले धर्म संस्कृतिको माला भित्र भावना भित्र, सहिष्णुुता भित्र आज नेपाल फरक सद्भावमा अगाडी बढेकाले यहाँ कुनै न कुनै रुपमा नसल्वलाउन आग्रह गरे ।

उनले भने ‘प्रगती, सुशानलाइ अवरोध पुर्याउनका लागि धर्मका नाममा आन्दोलनको नौटंकी गरेको आरोप लगाउ समेत लगाए, उनले अगाडी भने ‘प्रतिक्रियावादी विचार धारा त्यस आधारमा अगाडी बढाउन खोजिएको चियाको कपको तुफान र त्यसमा रमाउने, त्यसलाइ उक्साउने फेरी कुनै त्यस्तै प्रवित्ती देखिएकाले अब सरकार त्यसमा नअल्मनीने स्पष्ट परे, धर्मको संवेदनशिल कुरामा टेकेर नेपालको प्रगतीको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरी सल्वलाए भने कानुनले ठिकपार्ने दावी गरे ।

नेपालमा राजतन्त्र कहिलै फर्किन र फर्कने सपना पुरा गर्न नसल्वलाउन आग्रह समेत गरे’ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal