पेस्तोल लिई एक एक गरि सबैलाई सिध्याउझै लाग्छ

मेरि आमालाइ प्रसब बेथाले छट्पटाउदै गर्दा डाेकोमा बोकेर लैजादै गर्दा त्यो घमासान जंगल को बीचमा रहेको पिपलको बोटमा जन्मिएकि छोरी म ।

त्यसैले त होला हरेक बर्ष दसैमा टीका अनि जमरा लगाउदा पिपल को बोट जस्तै सबैलाई छहारी दिनु है भन्छिन मेरी आमाले । यो आमाको दुख पिडा बुझ्कै दिनबाट मैले प्रण गरेकी छु । म देशका लागि केही गर्नेछु केही मात्र होइन धेरै गर्नेछु । जब थापाथली अस्पतालको इमरजेन्सी कक्षमा फेरि पनि प्रसव बेथाले निचोरीरहेकी ती दिदी बहिनीको पिडालाई देख्छु । Infection prevention का आधारशिला कनठस्थ हुदाहुदै पनि एउटै बेडमा ४ जना मिलेर बस्नु है भन्दै म भन्न बाध्य हुन्छु ।

अनि त्यहाँ मेरो जिम्मेवारि पूरा गर्नुभन्दा पनि पल पल सोच्नै विवश हुन्छु । हो साच्ची देशको स्वास्थ क्षेत्र अन्योलमा छ अन्धकारमा छ , अनि बल्ल पो देशका लागि केहि गर्छु भन्ने सोच मन मस्तिष्क बाटै उर्लिएर आउँछ । अध्यनकै सिलसिलामा काठमाडौं नजिकैको स्वास्थ्य चौकी जादा,औषधि बाडफाडको अनियमितता अनि म्याद सकिएका ती काटुनका काटुन औसधि म एक एक गर्दै फ्याक्दै जान्छु । ठिक त्यही बेला कर्णालीका कयौ जनताले सिटामोल र जिवनजल नपाएर भएको मृत्युको खबरलाई सम्झन्छु । फेरि पनि भन्न मन लाग्छ नेताज्युहरु तपाईले कस्ता योजना बनाईरहनुभएको छ । त्यसैले त ती बाडफाडका नियम बनाउने तपाईका ती पदहरु खोस्न म आउदै छु , हो म तपाईहरुकै अगाडि स्वस्थ नेपाल बनाउन आउदैछु ।

त्यो चरम गरिबी , अभाव र स्वास्थय क्षेत्रमा भएका असुविधाहरुबाट जिन्दगी लाई डोर्‍याउदै जादा ।
स्वास्थ्य चौकी, जिल्ला , अञ्चल अस्पतालमा अावश्यक औजार अनि दक्ष जनशक्तिको अभावमा , अकालमै ज्यान गुमाएका ती आमा, बुवा , बाल , बच्चा, दिदी बहिनीको रोग पत्ता लागेको ४ ५ महिना पछि सल्यक्रियाको पालो आउने ती सरकारी अस्पताल सम्झिरहदा । अनि हाम्रा नेताहरुको विकासको गतिलाई कछुवाको चालमा डोर्‍याउने प्रवृति देखिरहदा साच्ची नै मैले देशका लागि केही गर्नुपर्छ भन्ने भान यो मन भित्रबाट उदाईरहेछ , त्यसैले त म गर्न सक्छु ।

जब घरमै बसेर , देशको वार्षिक बजेट विनियोजन सुनिरहदा स्वास्थ जस्तो संम्वेदनसिल क्षेत्रमा ५ – ६% बजेट छुट्टाइन्छ अनि म मेरो देशका कुना कप्चराका स्वास्थ असुविधालाई मेरो दिमागबाट सोच्छु मनन गर्छु । अनि पो लागछ म स्वास्थ्यकर्मी भएर कहिल्यै आमूल परिवर्तन ल्याउन सकिदैन।
त्यसैले त म अब ५-६ % लाई 12 -1५ % पुर्याउने ठाउ सम्म जानुपर्छ। हो म अब देशकै मन्त्री मण्डलसम्म पुग्नु पर्छ त्यो मात्र होईन म देशको स्वास्थ जिम्मेवारी उठाउन सक्ने स्वास्थ्य मन्त्री बन्नुपर्छ ।

हाम्रो देशका स्वास्थ चौकी, जिल्ला र अञ्चल अस्पतालमा , उच्च कोटिको स्वास्थ सुबिधा फैलाउदै जानेछु । डा केसिका माग अनि प्राईभेट निकाय दुवैलाई समायोजन गति गतिशीलता दिनेछु । अब हाम्रा बिरामी बोक्ने भरिया अनि ती डाेकाहरु फेर्नेछु । म मेरि आमाले भनेजस्तै स्वास्थ सुबिधामा सबैलाई एकै किसिमको छहारि दिन सधै तत्पर रहनेछु । तर ,अप्रेसन कक्षमा 3rd डिग्री vaginal tear भन्दै ती सानी बालिकाको शरीर सिलाउन म ब्यस्त हुन्छु । ढुंगाको मन बनाई सिलाईदिन्छु सबै घाउहरु , जब अप्रेसन कक्षबाट बाहिर आउछु , मन भक्कानिएर आउछ । देशको ऐन कानुनका सबै ती किताबहरु जलाउन मन लाग्छ , त्यो कानुन बनाउने र त्यो कानुन बङगाउने कालो कोट लगाएका कालै मन भएका मान्छेहरु अनि अबोध बालिकाहरुलाई बलात्कार गर्ने ती हजुरबुबा , बुवा नाता गोता पर्ने भनाउदाहरु सबैलाई फाँसी दिन मन लाग्छ ।

हो यस्तै घटनाहरु दिनदिनै सुन्छु र त मेरो रगत उम्लिएर आउँछ , अस्तिसम्म कलमले देश विकास गर्छु भन्ने मेरा सपनाहरु यहि थाती राखेर हातमा पेस्तोल लिई एक एक गरि सबैलाई सिध्याउझै लाग्छ , सबै भ्रष्टाचारि , अपराधी अनि सबै बलात्कारि सिध्याउझै लाग्छ ।


तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal