प्रधानमन्त्रीले गरे सञ्जीवनी मा.वि.को उद्घाटन

प्रधानमन्त्रीले गरे सञ्जीवनी मा.वि.को उद्घाटन

काभ्रे / काभ्रेको धुलिखेलमा सञ्जीवनी माविको भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले असम्मान, अपमान जनक अवश्थामा विदेशी भुमिमा दुख गरिरहेकाले अब त्यो परिचय फेरिने गरि सरकार काम गरिरहेको बताए । नेपाली समाज शिक्षित हुदा सारा संसार अध्यारोमा थियो तर अहिले नेपाली कता कता गयो भन्दै दुखेसो गरे । निरक्षर, निरपेक्ष गरिबी, भोका नाँगाहरु काम नपाएर बाहिर जान बाध्यता रहेकाहरुकोबाट अब परिचय केही समयमा नै फेरीने दावी गर्दै उनले विदेशमा योग्यता भएका, विज्ञता भएका प्राविधिकहरु, त्यहाँ शिप सिकाउन पठाउन जाने परिचय बन्ने ठोकुवा गरे ।

हामी डिजटल नेपाल, शिक्षित नेपाल, विद्धान नेपालीको यात्रामा हामी लाग्नु पर्छ । देशको विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने स्पष्ट पारे । त्यसका लागि गुणस्तरिय शिक्षामा गम्भिरता पूर्वक ध्यान दिने बेला आएको बताए । प्रधानमन्त्री ओलीले संघिय सरकार गुणस्तरिय शिक्षाका यथाशक्य ध्यान दिने जानकारी दिए ।

निजि विद्यालयहरुले जति पैसा लाग्ने हो त्यो भन्दा बढि गुणस्तरियका नाममा लिएको आरोप समेत लगाए । कार्यक्रममा सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालको पुनरनिमार्णको यात्रामा धेरै अगाडी बढि सकेको बताए । पुनरनिमार्ण प्राविधकरणका सिइओ शुसिल ज्ञावलीले २० महिना भित्र देशमा पुनरनिमार्णले एउटा समय पार गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal