काभ्रेका २२ हजार भूकम्पपीडितले अझै घर बनाउन सुरु नै गरेनन

काभ्रेका २२ हजार भूकम्पपीडितले अझै घर बनाउन सुरु नै गरेनन

धुलिखेल / करिब २२ हजार भूकम्पपीडितले अझै घर निर्माण सुरु नै नगरेको पाइएको छ । भूकम्प गएको चार बर्ष पुगेको भएपनि सम्झौता गरेर पहिलो किस्ता बापत ५० हजार लिएका २२ हजार ३३४ भूकम्पपीडितले अझै घर निर्माण सुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले सम्झौता गरेर पहिलो किस्ता लिएका ७३ हजार ९९९ लाभग्राही मध्ये ५१ हजार ६६५ ले मात्र निजी आवास बनाएर दोस्रो किस्ता लगेको बताउनुभयो । उहाँले फर्जी भूकम्प पीडित भएका कारण उनीहरुले अझै आवास निर्माण सुरु नगरेको बताउनुभयो । जिल्लामा ३९.२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन ।

जिल्लामा ८२ हजार ८४३ भूकम्प पीडितको लाभग्राहीमा नाम प्रकाशित भएको छ । जस मध्ये ७३ हजार ९९९ परिवारले अनुदान सम्झौता गरेका छन् भने ५१ हजार ६६५ परिवारले दोस्रो किस्ताको अनुदान लिइ सकेका छन् । अन्तिम किस्ताको रकम ३२ हजार ६३६ परिवारले घर सम्पन्न गरेर लिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal