दिलिप शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन

दिलिप शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन

काभ्रे – दिलिप शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गरिएको छ ।

धुलिखेलमा एक कार्यक्रमका बीच शर्माको पुस्तक सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । जहाँ काभ्रेको डाँडापारी, कोशीपारी क्षेत्रका सहकारी देखि अन्तर्राष्ट्रिय स्तरसम्म सहरकारीको अवस्था झल्किन्छ । शर्माका अनुसार यो एउटा अनुभव र अध्ययनमा आधारित पुस्तक हो । ‘सहकारी मार्फत गर्न सकिने थुप्रै चिज समेट्ने कोशिस गरेको शर्माले बताए ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले पुस्तकको समीक्षा गर्दै भने ‘सहकारीमा लाग्ने नयाँ पिँढीका लागि यो एउटा गतिलो अध्ययन सामग्री हो ।’ पराजुलीका अनुसार पुस्तकमा सहकारीले हासिल गरेका र गर्नुपर्ने कुरालाई समेत स्पष्ट ढंगले समावेश गरिएको छ ।

सहकारी बैंकका उपाध्यक्ष केवी उप्रेतीले सहकारीको अध्ययन गर्नेहरुका लागि शर्माको पुस्तकले एउटा इट्टा थलेको बताए । उनले सिँगो मुलुकको सहकारीको अगुवाई काभ्रे जिल्लाले गरेको भन्दै पुस्तकले अझ उर्जा थलेको तर्क गरे । ‘सहकारीलाई पारदर्शि र सुशासन कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि यो पुस्तकमा उल्लेख भएको उप्रेतीले बताए ।

सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले पुस्तक सहकारी अभियानताहरुका लागि प्रेरणाको स्रोत बन्ने दाबी गरेका छन । काडेलले हाल साढे ६ खर्ब पूँजी सहकारी क्षेत्रमा मार्फत परिचालन भइरहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal