कार्वाहीको माग गर्दै महिलाहरुले गरे प्रदर्शन (भिडियो सहित)

कार्वाहीको माग गर्दै महिलाहरुले गरे प्रदर्शन  (भिडियो सहित)

धुलिखेल – सरिता दाहाल दुलाल घरमा नै मृत अवस्थामा फेला पारेको घटनालाई लिएर स्थानियले दोषीलाई कडा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेको अगाडी प्रदर्शन गरेका छन् ।

महिलाहरुले घटनामा संलग्नलाई कसैको दवाव र प्रभावमा छुट दिन नहुने भन्दै दोषीलाई कुनेपनि हालतमा कावाृही हुने पर्ने माग गरेका छन् । गत शुक्रबार मृत अवस्थामा भेटिएकी सरितालाई परिवारले हत्या गरेको भन्दै दवाव दिन महिलाहरुको जमात प्रहरीकोमा पुगेको हो । स्थानीय महिला तथा जनप्रतिनिधीहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा न्यायका लागि धर्ना दिएको बताए ।

जुलुसमा मण्डनदेउपुर नगपालिकाका प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख निर्मला शाही, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, बनेपा नगपालिकाकी उपप्रमुख रेखा दाहाल, नेकपाकी संसद गोमा भुर्तेल, नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाइ लगायतले धर्नाको नेतृत्व गरेका थिए ।

धर्नामा उपस्थित भएका महिलाहरुको जमातलाइ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले सरिताको हत्या विषयमा प्रहरीले कानुनी उपलब्ध प्रविधिको प्रयोग गरेर न्यायको पक्षमा आफु लाग्ने बताउनुभयो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सरिता दुलालकी श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगिता दुलालमाथी अनुसन्धान भैरहेको छ । यता सरिताका माइती पक्षले हत्या भएको भन्दै घटनाको निपक्ष छानविन हुनु पने माग गर्दै आएको छन् ।

पुरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal