नेपालमै पहिलो पटक बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु

नेपालमै पहिलो पटक बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु

बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएको संज्ञा दिइन् ।

गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन ।

त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो । उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो । नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो। त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो । घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो । ती मृतकको नाम भने खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal