जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो

जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो

बझाङ – थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal