वर्षा पुगिन मायाजमा

वर्षा पुगिन मायाजमा

नायीका बर्षा सिवाकोटीले शनिबार लगनखेल स्थिती एक लेडिज पार्लरको उद्घाटन गरेकी छिन् ।

ब्युटिसियन गिता गिरिले सन्चालनमा ल्यायको मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको बर्षाले रिबन काटि शुभाराम्भ गरेकि हुन् ।कार्यक्रममा बर्षालाई पार्लरकि सन्चालिका गिता गिरि ले भब्य स्वागत समेत गरेकी थिइन भने पार्लरको सफलताको कामना गर्दै ठुलो केक समेत काटियको थियो।कार्यक्रममा बोल्दै बर्षाले मेकप सबैको लागि आवश्यक भयको र अझ हिरोईनहरुका लागि त झन आवश्यक रहेकाले मायाजबाट सेवा लिन आफू निकै उत्साहित रहेको बताएकि थिइन।

सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकि थिइन।वर्षा अभिनित पछिल्लो चलचित्र बिर बिक्रम -२ जेठ ३ गते बाट प्रदर्शनमा आउँदै छ भने मायाजको चौथो शाखा चाडै नै चाबहिलमा खुल्दै छ।मायाजको पहिलो शाखा सुर्यबिनायक भक्तपुरमा छ भने दोस्रो बानेश्वरमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal