लायन्स क्लब अनाथ र अपांगकाे साथमा

लायन्स क्लब अनाथ र अपांगकाे साथमा

“अनाथ, असाहय र अपांग काे सहायतामा लायन्स क्लब” पछिल्लो समयमा सामाजिक सस्था बाट समाज बिकासकाे रुपान्तरणमा सेवा गर्दै आएको लायन्स क्लब यउटा सामाजिक सस्था हाे । साेहि क्रममा बिगत पाच बर्ष अगाडि काभ्रेमा स्थापित भएको लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे ३२५ बि वनले काभ्रे जिल्लाकाे विभिन्न ठाउमा सामाजिक कार्यमा सहभागी भै सामाजिक कार्यमा उल्लेखनीय भुमिका खेल्दै आएको छ ।

साेहि क्रममा काभ्रे जिल्ला पनाैति नगर पालिका बडा न ११ बल्थलि, ख्याकु, बेसिगाउका भुकम्प पिडित, असाहाय र अपांग कृष्ण बहादुर लामाले आफ्नै परिवारकाे लागि बस्न बनाएकाे घरमा छाना छाउन नसकि बर्षाद र जाडाेकाे समयमा धेरै कठिनाई भाेगि दिन बिताएकाे जानकारि साेहि गाउका स्थानिय समाजसेवि तथा राजनितिज्ञ चेतनाथ भारतिले लायन्स क्लबका अध्यक्ष भाेला थापालाई बताउनुभयाे ।

उक्त क्लबले प्राबिधिक लागी लागत स्टिमेट गराई उक्त घरमा छाना छाउने कामकाे जिम्मेवारी लिई चाहिने जस्ता र ट्रस बनाउन पाईपहरु पठाई छाना छाउने कार्य सम्पन्न भएको र उक्त घरकाे छाना छाउन करिब पैतालि हजार बराबरकाे रकम खर्च गरि अनाथ र असाहायकाे बसाेबासकाे लागि हाम्राे क्लबका सम्पुर्ण लायन्स सदस्यहरुले सहयाेग गरि उक्त कार्य सम्पन्न गरि यउटा अपांग गरिब परिबारलाई घर भित्र बस्नहुने गरि जिम्मा लगाएकाे थापा बताउनुभयो ।

बैसाख २८ गते सनिबार क्लबले स्थानिय समाजसेविहरु, पुर्ब काभ्रे समाज सेवाका अध्यक्ष प्रल्हाद के. सि, राजनितिज्ञ लक्ष्मण हुमागाई, चेतनाथ भारति, क्लबका सदस्य बिनाेद तिम्मलसिना, बर्ष २०१९/२० सेकेन्ड भि पि लायन हरिसरण बस्नेत, सचिव लायन सुवास राज बन्जारा, काेषाध्यक्ष लायन श्याम थापा, लायन याेग प्रसाद बन्जारा लगाएतको उपस्थितिमा उक्त घर सम्बन्धित पिडित कृष्ण बहादुर लामालाई अाज यक कार्यक्रमकाे बिचमा हस्तान्तरण गरिएको क्लबका प्रथम उपाध्यक्ष लायन राम कुमार बस्नेतले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal