काभ्रे काँग्रेसको जागरण अभियान : कहिले कुन ठाउँमा कार्यक्रम हुने ?

काभ्रे काँग्रेसको जागरण अभियान : कहिले कुन ठाउँमा कार्यक्रम हुने ?

बनेपा/नेपाली काँग्रेस काभ्रेले जागरण कार्यक्रम अन्तरगत विभिन्न ठाउँमा कार्यक्रमको घोषणा गरेको छ । केन्द्रीय समितिको निर्णय अनुसार काभ्रेमा जारी जागरण अभियान १३ वटै स्थानीय तहलाई समेट्नेगरी कार्यक्रम सार्वजनिक भएको हो ।


जिल्ला कार्यसमिति काभ्रेले केन्द्रीय प्रनिनिधि एवं केन्द्रीय सदस्य डा. शेखर कोईरालाको उपस्थितिमा कार्यक्रम सार्वजनिक गरेको नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो । जागरण कार्यक्रम अन्र्तगत रोशिगाउँपालिकाको नारायणटारमा जेठ ११ मा आमसभा, नमोवुद्ध नगरपालिकाको भकुण्डेमा जेठ १२ गते प्रशिक्षण, तेमाल गाउँपालिकाको नारायणस्थानमा जेठ १२ गते प्रशिक्षण, खानीखोला गाउँपालिकाको तालढुंगामा जेठ १५ गते आमसभा, महाभारत गाउँपालिकामा जेठ १६ गते प्रशिक्षण, धुलिखेल नगरपालिकाको धुलिखेलमा पजेठ २३ गते प्रशिक्षण, पाँचखाल नग।पालिकाको तामाघाटमा जेठ २३ गते नै कार्यकर्ता भेला, चौरी देउराली गाउँपालिकामा जेठ २४ गते प्रशिक्षण, जेठ २४ गते नै भूम्लु गाउँपालिकामा भेटघाटको कार्यक्रम सार्वजनिक भएको छ ।


त्यस्तै मण्डनदेउपुर नगरपालिकाको गैह्रीविसौनामा जेठ २५ गते आमसभा, पनौती नगरपालिकामा जेठ २२ गते पनौतीमा प्रशिक्षण तथा बनेपा नगरपालिकाको बनेपामा जेठ ३२ गते आमसभाको कार्यक्रम सार्वजनिक भएको छ । बेथानचोकमा भने मिति र समय तय भएको छैन् ।
घोषणा भएसँगै कार्यक्रमको लागि तयारी स्वरुप विभिन्न ठाउँमा बैठक तथा छलफल भएको छ । रोशी गाउँपालिकाको नारायणटारमा जेठ ११ गते हुने कार्यक्रमको तयारी तीब्र बनाईएको छ । त्यस्तै खानीखोला, महाभारत, चौरी, तेमाल तथा नमोबुद्धमा हुने कार्यक्रमको तयारीको लागि विभिन्न चरणमा बैठक एवं छलफल गरिएको क्षेत्रीय सभापति एवं पूर्व संसद तीर्थ लामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal