यहाँको टोपी वा मेरो धोती दुवै सम्मानीत हो र हुनुपर्छ : एमजे झा

दौरा सुरुवाल चाहिने भएर साथीसँग एउटा पसलमा छिर्यौ !

म: (धेरैजना बसेको देखेर) यहाँ को हुनुहुन्छ?
साहुजि- हामी सबैजना यही छौ ।

– एकछिन हांसोको माहोल छायो !

साहुजि: (बस्नलाई कुर्सी देखाउदै) के होला?
म: सस्तोमा राम्रो दौरा सुरुवालको कपडा देखाउनुस् न ।

– साहुजिले तीनटा कपडा देखाउदै सबैको मुल्य एकेक गरेर बताउनुभो ।
मैले बिचको कपडा छामेर हेर्दै “यो मन पर्‍यो, ‘प्राइस’ अली मिलाइदिनुस् न है” !
– साहुजिले सिलाई समेतको गरेर ‘प्राइस’ भन्नु भो ।
मैले हुन्छको भावमा टाउको हल्लाउदै भने – मिलाउने ठाउँ भए मिलाइदिनुस् नत्र ठिकै छ ।

साहुजि: एकदम मिलाएर भनेको हो, बाबु । यो भन्दा सस्तोमा कतैपनि पाउन सक्नुहुन्न । विश्वाश नभए अन्तपनि सोधेर आउनुस् ।

म: के थाहा अन्त सोधेरै आको हुँ कि? जे होस्, यस्तो सम्मनित र बहुमुल्य भेसको मुल्य तोक्ने तपाईंहामी को हो र? कपडा र श्रममा न हो हामीले अलिकती तलमाथि गर्नसक्ने – मैले अलि गम्भिरतापुर्वक भने ।

म कपडातिर नै हेर्दै थिए तर उनको प्रतिकृयाको प्रतिक्षापनि थियो । उनले केही नबोलेसी उनको अनुहारमा हेरे । बुढाको आंखा रसाएर घाटी बसेजस्तो पो भएछ ।

के भो साहुजी? मैले उनको हात समाउदै सोधे ।
– केहिपनि हैन । मतिर नहेर्दै जवाफ दिनुभो ।

आफु परियो जीद्दी । उनको जवाफले मलाई लाग्यो – यहां धेरैकुरा हुनुपर्छ ।

मेरो हातमा भएको पानीको बोतल उनलाई दिदै सोधे – मेरो प्रश्नको जवाफ आएन नि ।
उनले हंसिलो अनुहार बनाउदै सोधे चिया खानुहुन्छ?
“सियोर, बरु सबैजनाकोलागि मगाउनुस । चिया मेरो तर्फबाट ।“ मैले भने ।

-कुरा सुन्दैजादा – मधेश आन्दोलनताका लहानमा उनीमाथी हातपात गरेको रहेछ । उनको पसलमा तोडफोड गरेको रहेछ । उनको टोपी खोसेर कसैले कुल्चेको रहेछ । मानसपटलमा बसेको त्यो चित्र अहिलेसम्म ताजा लाग्दो रहेछ उनलाई । यस्तोमा मैले दौरा सुरुवाललाई अमुल्य भेषको भनिदिदा आश्चर्य र खुशी एकैचोटी लाग्यो रे ।

आफ्नो घरबार सब बेचेर त्यहाँबाट पलायन नै हुन परेको थियो रे । त्यहाँका उनका साथीहरु जोसंग चिया खांदै विहानको समयमा गफिन्थे उनी ति उतै छुट्यो रे । उनको मन आजपनि हुन्छ कि जाउ अनी त्यहि गएर बसु तर अब छोराहरुले जानदिदैन रे ।
नगएकापनि हैनन् । तर आत्मीय साथीहरुलाई भेटेर केहिदिनमै फर्केका थिए अरे ।
“बाबु, म आत्माले मधेशकै हुं । झुटोबोले नर्कमा बास होस् तर म आफ्नै ठांउबाट लखेटीदाको पीडा सम्झिदा आजपनि मन रुन्छ ।“
यती भन्दै गर्दा कहिले उनको ओठ काप्थ्यो तर कहिले उनको आंखा टिलपील हुन्थ्यो ।

“माफ गर्नु बाबु, मैले धेरै समय लिए । मेरो दुस्मनलाईपनि ईश्वरले त्यस्तो समय नदेखाओस्उ, “नले आफेनो कुरा टुगयाउदै भने ।

– रसाएको आंखालिएर म उनको छेउमा गए र हात समाउदै भने – “एकछीन राम्ररी सांस फेर्नुस । चिया खानुस् । म यहि छु ।”

वहा अली शान्त भएपछी मैले भने – “हेर्नुस मेरो पुस्ताले ईतिहांसबाट सिक्नुपर्छ र वर्तमानको जीम्मेवारि बोक्नुपर्छ ।”
हो, त्यो बेलामा एउटा राजनीतिक आक्रोसको वातावरण थियो । कुनैबेला राज्यले गरेको विभेद होस्, मधेशीहरुलाई काठमाडौं या अन्य शहरहरुमा अपहेलीत गरिएको घटना होस या विभिन्न कालखण्डमा त्यस्तै प्रवृतको घटनाबाट मधेशीहरुपनि पीडित भएको होस् । यी सबको ‘फ्रस्टेसन’पनि कतीले झारेको हुनसक्छ । कसैले बदलाको भावनालेपनि गरिेका हुनसक्छ । कोहि आक्रोसमा आएको बेला होस गुमाएरपनि त्यस्तो घटेको हुनसक्छ । तर मैले भन्नैपर्छ तिनीहरु दोषी हुन् । कायर हुन ।”
यसका अन्य विभिन्न ‘डाईमेन्सन’हरुपनि होलान् । शायद यसबाट दुवै समुदायले सिकेरपनि होला पछील्लो आन्दोलनमा त्यस्तो घटना घटेन ।

मैले फेसबुकको फोटो देखाउदै भने यी हेर्नुस – यहाँको टोपी वा मेरो धोती दुवै सम्मानीत हो र हुनुपर्छ । माथीको अमुल्य र सम्मानीत शब्द यसको गरिमाकोलागि प्रयोग हुने उच्चतम शब्द हो जुन मैले मनबाट भनेको हुं ।

अब हामीसंग दुईटा विकल्प छ ।
एक ईतिहांसको दागलाई बोकेर पुरानै बाटोमा हिंड्ने र नयां पुस्तालाई त्यहि शिक्षा दिने या परिवर्तीत समयमा आफुलाई सकारात्मक बाटोमा डोर्याउर्दै भविष्यलाई एउटा नया दिशा दिने ।

म तपाईको अगाडि ईतिहांसको समिक्षा र वर्तमानको सोंच सहित उभिएको छु ।

त्यहां मौनता छायो र एकैछीनको मौनता तोड्दै उनले हात मेरो टाउकोमा राख्दै भने – कुनै घाउमा मलम लाएजस्तै मन शितल भयो बाबु । तपाईको उमेर चाहि कती भयो?
– कतै ठुलै गफ पो लाईयो कि सोचेर मुस्कुराउदै उमेर बताएं र कपडाको छीनोफाने गरेर फर्के।
तर किनकिन दिनभरी नै दिमागमा त्यहि कुरा खेलीरह्यो । उनको लगायत त्यहां बसेका सबैको अनुहार हंसिलो थियो सम्झेर मन ‘फ्रेस’ छ अहिले ।

यो लेख्दैगदा एउटा हिन्दिको शायरि याद आयो !

हमने सिखा है रुसुलो से
कि जंग लडना है उसुलोसे
तुम लाख देदो गोलीया या गालिया
हमतो देगें जवाफ फुलो से !

शुभदिन ।
———
MJ JHA काे फेसबुक पाेष्टबाट

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal