ब्रिटिस काउन्सिलको अन्तराष्ट्रिय विद्यालय पुरस्कार Little Flower Public स्कुलको पोल्टामा

ब्रिटिस काउन्सिलको अन्तराष्ट्रिय विद्यालय पुरस्कार Little Flower Public स्कुलको पोल्टामा

ब्रिटिस काउन्सिलको अन्तराष्ट्रय विद्यालय पुरस्कारमा Little Flower पब्लिक स्कुल
ब्रिटिस काउन्सिल नेपालको आयोजनामा कनेक्टिंग क्लासरुम (Connecting Classroom) अन्तर्गत मिति २०७६ साल भदौ ३ गते मंगलबारका दिन अन्तराष्ट्रय विद्यालय पुरस्कार इन्टरनेश्नल स्कुल अर्वाड (आ.एस्.ए) घोषणा कार्यक्रम होटल याक एण्ड यतिमा सुसम्पन्न भएको थियो । उक्त कार्यक्रममा शंखमूल वडा नं. ११, ललितपुर स्थित Little Flower पब्लिक स्कुलले अन्तराष्ट्रिय पुरस्कार विजेता हासिल गर्न सफल भएको थियो । साथै उक्त विद्यालयले शहरी क्षेत्रमा कौसी खेती नामक परियोजना (Roof Top Farming in City Area) Project मा उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत हासिल गरेको थियो । यस अवार्ड वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव खगराज बरालज्यूबाट सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal