सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ काे मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ काे मृत्यु

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना भएको छ । इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित गुमानसिंह चोकमा गाडी दुर्घटना हुँदा घटनास्थलमा सहित ११ जनाको ज्यान गएको छ भने ४० भन्दा बढि घाईते भएका छन् । सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट अन्दाजि एक सय मिटर तल खसेको हाे । बसमा १५० यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । गाडि शुक्रबार बिहान ९:५५ बजे दुर्घटनामा परेकाे प्रहरिले जनाएकाे छ ।

५ जनाको घटनास्थलमै मृत्यु भएको, एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालले सिन्धुपाल्चोकले जानकारि दिएकाे छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र  इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ ।

दूर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान भईरहेकाे बताएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal