नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जना जेल चलान

Nov,13, 2019

काठमाण्डौ/
मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार सप्तरी कन्चनपुर नगरपालिका ९ निवासी हाल भक्तपुरको मध्यपुर ठिमीमा बस्ने कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत ललितपुर कोन्ज्योसोम गाउँपालिका २ का रामचन्द्र आले र मिर्गौला लिने रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्ने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो ।
उनिहरुले नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको थिए । लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गौला निकालिएको थियो ।
लाम र्मिगौला ग्रहण गर्ने व्यक्ति हुन् भने भट्टराई अस्पतालका लिगल अफिसर हुन् । त्यस्तै पन्त सो अस्पतालका डाक्टर हुन् भने आले जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत हुन् । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाही हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal