धुर्रमुस लाई चितवनमा रेड कार्पेट, रंगशाला निर्माणको लागी विद्यालयको २ लाख सहयोग

धुर्रमुस लाई चितवनमा रेड कार्पेट,  रंगशाला निर्माणको लागी विद्यालयको २ लाख सहयोग

हाँस्य कलाकार धुर्रमुस (सिताराम कट्टेल) लाई चितवनमा रेडकार्रपेट सहितको सम्मान गरिएको छ । चितवनको नारायणघढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगीताको उद्घाटन सत्रमा कलाकार धुर्रमुसलाई रेडकार्पेट सहित सम्मान गरिएको छ ।


चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशालाल निर्माणमा लागीपरेका कलाकार धुर्रमुस सुन्तलि फाउण्डेशनलाई लिटिल फ्लावर विद्यालयका विद्यार्थि भाई बहिनी, शिक्षक परिवारबाट संकलित रकम रु २ लाख नगद सहयोग उपलब्ध गराईएको विद्य्यालयका प्रिन्सिपल रोवि के.यु ले जानकारी दिनुभयो ।


नृत्य प्रतियोगीतमा पोखरा, भैरहवा, चितवन, विरगंज लगाएतका जिल्लाबाट ४० विद्यालयले सहभागिता जनाएका छन् । विजेतालाई नगद तथा शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal