जहाँ बलात्कार त्यहीँ ईन्काउन्टर, प्रहरीको इन्काउन्टरमा मारिए ४ बलात्कारि

जहाँ बलात्कार त्यहीँ ईन्काउन्टर,    प्रहरीको इन्काउन्टरमा मारिए ४ बलात्कारि

काठमाडौं– भारतको हैदराबादको बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन् ।

हैदराबादको बाट ५० किलोमिटर टाढा रहेको २८ नं क्षेत्रको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केहि दिन अघि उक्त स्थानमा २६ वर्षीया डाक्टरको शव जलेको अवस्थामा फेला परेको थियो । पोस्टमार्टम रिपोर्टले ती युवतीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

इन्काउन्टरमा मारिनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु रहेको तेलंगना प्रहरीका एडिजी जितेन्द्रले बताएका छन् । जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुको मृत्यु भएको प्रहरीको दाबी छ । उनीहरु १४ दिनदेखि न्यायीक हिरासतमा थिए ।

प्रहरीका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन् । यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएको भनिएको जंगलमा गएको थियो । जहाँ उनीहरुले बलात्कारपछि महिलालाई जलाएका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal