चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन, आज २ बजे श्रद्धाञ्जली सभा कार्यक्रम

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन,  आज २ बजे श्रद्धाञ्जली सभा कार्यक्रम

चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार केशव भट्टराइको निधन भएको छ । ५१ वर्षको उमेरमा आइतबार राति १० बजेर २० मिनेटमा हृदयाघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

आज पोष्ट मार्टम पश्चात २ बजे भट्टराई र गत शनिबार निधन भएका अर्का वरिष्ठ कलाकार दिपक क्षेत्रीको पार्थिव शरिरलाई चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदान्जलीका लागि राखिने र आजै दुबै जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal