दाताको सहयोगमा कारितासको अनियमितता,

दाताको सहयोगमा कारितासको अनियमितता,

कपिल कोईराला, काभ्रेपलाञ्चोक

विभिन्न देशवाट प्राप्त भएको सहयोगको एउटा आईएनजिओले दुरुपयोग गरेको खुलेको छ । विभिन्न देशवाट आएको सहयोग लागत पर्ने भन्दा पनि बढिको स्टमेड र बिल बनाएर रकम दुरुपयोग गरेको खुलेको हो ।

रकम दुरुपयोगको लागि बोल कबुलमा आएको कम्पनीलाई नदि कमिशन खाने गरी आफ्ना चिनजानका कम्पनीलाई ठेक्का दिएको समेत खुलेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा बनेको भुवनेश्वरी माध्यमिक विद्यालयमा एउटै पकृतिका दुईवटा भवन बनेका छन् । शिक्षा अन्र्तगत बनेको एउटै पकृतिको विद्यालय ८८ लाखमा बनेको छ भने उस्तै विद्यालय कारितास नेपालले १ करोड ४९ लाख खर्च देखाएको छ । एउटै पकृतिको विद्यालय निर्माण गर्दा किन यत्तिको फरक ? एक अभिभावकले गुनासो गरे । उनका अनुसार भवनको सम्पूर्ण बनावट र आवश्यक सामाग्री संख्या बराबर छ । त्यस्तै काभ्रेको बल्थलीमा बनिरहेको लड्केश्वर विद्यालयको औषत ९० लाख लागत भएपनि १ करोड १४ लाख रकम लागत देखाईएको छ । अझ लड्केश्वर बनाउने क्रममा कम बोल कबोल गर्नेलाई नदिएको आरोप लगेको छ । यी दुई विद्यालय प्रतिनीधि पात्र हुन । काभ्रेकै चण्डेनीमा कालिका मावि गरी ७ वटा विद्यालयको हालत उस्तै छ ।

अझ दोलखाको बुलुङमा विद्यालय बनाउदा बनाउदै ठेकेदार भागेर भवन नै अलपत्र परेको छ । भवन नबनेपनी जिल्ला स्तरीय सरोकारबालाको बैठकमा काम सकेको भनेर कारितास केन्द्रले ढाटेको छ । अझ उदेकलाग्दो कुरा त काम सकेको भनेर दोलखाबाट सम्पर्क कार्यालयनै उठाईसकेको छ ।

कारितास नेपालमा कि क्रिश्चियन हुनुपर्ने नभए हाकीमहरुको नजिक भएमात्र जागिर खान पाईने गुनासो छ । गैर क्रिश्चियन भएकै कारण महत्वपूर्ण पदहरुमा जागिर खान बाट बञ्चित गराइएको एक कर्मचारीले गुनासो गरे । गैर क्रिश्चियन भएकै कारण धेरै जनाले कारितासमा जागिर खान बाट बञ्चित समेत गरिएको छ । कारितासमा कार्यरत कार्यक्रम शाखा प्रमुख मणिन्द्र मल्लले आफ्नो आफन्त भएकै कारण इरा श्रेष्ठको कम्पनीलाई विना प्रतिष्पर्धा रणनैतिक बेसलाईन सर्भे र संस्थाको पोलिसी (नीति निर्माण) गरी दुईवटा परियोजना कागजात मिलाएर दिएको समेत खुलेको छ । यसले के देखाउँछ भने कारितासमा न कम्पनी राम्रो चाहिन्छ न सबै भन्दा कम बोल कबुल चाहिन्छ त्यहाँ आफन्त भए सबै हुन्छ भन्ने कुरा प्रष्ट देखिन्छ । शाखा प्रमुखको आफन्त भएकै कारण कारितास नेपालको नीति बेगर नीति निर्माणका काम नगरी पुरा भुक्तनी दिएको समेत खुलेको छ । यस विषयमा मणिन्द्र मल्ल सँग कुरा गर्न खोज्दा लिखित निवेदन दिए मात्र जवाफ दिने बताए । उनले लिखित निवेदन दिए पनि पछिल्लो समय सम्पर्कमा आउन चाहेका छैनन् । मल्ल यस अघि नै कारितास अन्तरराष्ट्रियले आन्तरिक कार्वाहि गर्न सिफारिस भएका व्यक्ति हुन् । कारितासमा विभिन्न आरोप लागेपछि बोर्ड नै परिवर्तन भएको छ । केहि समय अघि सम्म अजय प्रधान इन्टु अध्यक्ष तथा कृष्णबहादुर बोगटी शिलास कार्यकारी निर्देशक तथा फादरको रुपमा कार्यरत रहेपनि अहिले दुर्गा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ भने कार्यकारी निर्देशक एवं फादर ललित टुडु चुनिएका छन् । श्रोतका अनुसार भारतिय नागरिक पावल सिमिक संरक्षकको रुपमा मिटिङमा बस्दै आएका छन् । उनी भारतिय भए पनि नेपालमा संरक्षकको पोष्ट दिएर सम्मान गरेर राखेको कारितास नेपाललाई आरोप छ ।

८८ लाख खर्चमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा बनेको भुवनेश्वरी माध्यमिक विद्यालय

अरुको सहयोगमा चल्ने कारितास नेपालले पछिल्लो समय धुलिखेलमा सुविधिा सम्पन्न ४ तारे होटल जस्तै तालिम सेन्टर बनाउने भएपछि कारितास भित्रै तथा बाहिरी रुपमा विवादमा फसेको छ । भवनको बाताबरणीय मुल्याङ्कन रिपोर्ट नवनाई प्राविधिक मुल्याङ्कन रिपोर्ट समेत सार्वजनिक नगरीकन बनाउन लागेको खुलासा भएको छ । कारितास नेपालको विद्यानमा आय आर्जन गर्ने परियोजना गर्न नपाईने तथा यदि आय आर्जन गर्ने कामका लागि प्रशासनबाट अनुमति लिनेपर्ने भएपनि नलिएको बुझिएको छ । कन्सलटेन्ट छनौट प्रकृयामा सार्वजनिक सूचना प्रकाशित नगरी सिधै छनौट गरी खरिद विनियमावलीको उलङ्घन गरेको, बोलपत्र खोल्दा बोलपत्र भर्ने कम्पनीलाई नवोलाई आफै बन्द कोठाभित्र खोलेको, सबभन्दा कम बोल्ने पहिलो र दोश्रो कम्पनीलाई छनौट प्रकृयाबाट हटाई अन्य कम्पनीलाई ठेक्का दिएको आरोप कम्पनीहरुको छ । अझ वित्तिय पक्ष ६० प्रतिशत र प्राविधिक पक्ष ४० प्रतिशतको मापदण्ड सार्वजनिक नगरेको आरोप लागेको छ ।
कारितास नेपाल सँग यस बारे बुझ्दा अध्यक्ष दुर्गा श्रेष्ठले केहि गुनासोहरु आएको भएपनि भर्खरै निर्वाचित भएकोले सबैकुरा बुझिनसकेको जानकारी दिईन । कारितास नेपालका निर्देशक फादर ललित टुडु सँग धेरै पटक फोन सम्पर्क गर्दा पनि केहि प्रतिक्रिया दिएनन् । शाखा प्रमुख मल्ल सँग शुरुको समयमा कुरा भएपनि पछि फोन नै उठाउन छाडेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal