प्रितमको स्वरमा ‘तिमीले बाटो फेर्यौ अरे…२’ (भिडियोसहित)

प्रितमको स्वरमा ‘तिमीले बाटो फेर्यौ अरे…२’ (भिडियोसहित)

प्रितमको स्वरमा ‘तिमीले बाटो फेरयौ अरे…२’ (भिडियोसहित)
काठमाडौं,
‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’ सार्वजनिक गरिएको छ । भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।
मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ ले युटुवमा २ करोड भ्युअर्रस पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् ।

विक्रम राईको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । ‘यो मुटु दुख्च किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राई । प्रितमको स्वरमा रहेको नयाँ भर्रसनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷रदर्शकको साथ पाउनेमा आशावादी रहेको दर्पणले बताए ।

‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःख्छ किन’ मा पनि स्वर दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal