चौरी देउराली गाउँपालिकामा सहकारी समन्वय समिति गठन

चौरी देउराली गाउँपालिकामा   सहकारी समन्वय समिति गठन

काभ्रे जिल्लामा रहेका सहकारी संघ संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ लि काभ्रेले चौरी देउराली गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय सहकारी समन्वय समिति गठन गरेको छ ।

चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभाध्यक्ष जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा पालिकाका नौ वटै वडामा गठन भएका सहकारी संस्थाका सबै ५४ जना सहकारी संस्थाहरु प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाँई, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, जिल्ला सहकारी संघ लि का सल्लाहाकार रेणुका चौंलागाँई तथा विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कल्याण्कारी बहुउद्देश्यीय सहकारी संस्था लि माझी फेदाका अध्यक्ष चित्रप्रसाद चौंलागाईको संयोजकत्वमा गठन भएको समन्वय समितिमा सहसंयोजक लक्ष्मी लामा नाग्रे गगर्चे महिला बचत तथा ऋण सहकारी सस्था, सचिवमा तारा प्रसाद चौंलागाई कोशिपूर्व बचत तथा ऋण र सदस्यहरुमा मुक्तिनाथ गौतम शैलुंगेस्वरी बचत,आश्विन कुमार गौतम प्रयास कृषि, चिनिमाया लामा अग्रगती सचेतना कृषि, कालिप्रसाद पाण्डे नवज्योती बहुउद्देश्यीय, नुर्बु तामाङ सलमबु कृषि, बलराम चौंलागाँई चौरीखोला लघु जलविद्युत, मिनप्रसाद चौलागाँई कोशिपूर्व सिर्जनसिल सुस्मिता तामाङ सप्तरंगी महिला विकास बचत सहकारीबाट प्रतिनिधित्व गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव निर्बा्चित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै पालिकास्तरमा गठन भएका सहकारी संस्थाहरु अव सहकारी ऐन तथा नियमावलीहरुको पालना गर्दै अगाडि बढ्नुपर्ने बताउदै सहकारीको क्षेत्रमा काम गर्ने हिजो म एक्लै थिए अव एउटा सशक्त टिम रहेको र मानव शक्ति अभाव भइ कार्यक्रमहरु अगाडि बढाउन नसकिरहेको अवस्थामा आजको यस कार्यक्रमले सहकारी क्षेत्रलाई क्षमतावान बनाउन सकिने धारणा राख्दै पहिलो पटक नै गठन भएका सहकारी समन्वय समितिका ११ जनाकै संस्था कसरी चलेका रहेछन्् भनेर आफुले अनुगमन गर्ने जानकारी गराउनु भयो ।

नव गठित सहकारी समन्वय समितिलाई आफुले सकेको सहयोगसमेत उपलब्ध गराउने गाउँपालिका अध्यक्ष गौतमले प्रतिबद्धता व्यक्त गर्नु भयोे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा कुमारी चौलागाँई, जिल्ला सहकारी संघका सल्लाहाकार रेणुका चौंलागाईलगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सञ्चालक ठाकुरनाथ अधिकारीले गर्नु भएको थियो भने कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दिलिप शर्माले जिल्ला सहकारी संघको भूमिका, कार्य प्रगती सहित सहकारी ऐन नियमका बारेमा प्रस्तुतकिरण गर्नुभएको थियो ।

स्थानीय पालिकास्तरमा सहकारीको नियमन, गठन तथा अनुगमनका बिषयहरुलाई अगाडि बढाई सहकारी संस्थाहरुको क्षमता अभिबृद्धिमा लाग्नुपर्ने ढिलो भैसकेकाले ऐन तथा नियमावलीले व्यवस्था गरे अनुरुप सहकारीहरु एउटै तथा सशक्त रुपमा अगाडि बढाउन जिल्ला सहकारी संघ लि काभ्रेले पालिकास्तरमा विभिन्न खालका क्रियाकलापहरु समेत गर्दै आएको बताउनु भयो ।

जिल्ला सहकारी संघ लि ले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन कार्यलाई तीब्रता दिएसँगै यो पालिका सहित ७ वटामा समन्वय समिति गठन सम्पन्न गरिसकेको छ । यस अघि मण्डनदेउपुर, पाँचखाल, धुलिखेल, तेमाल, भुम्लु तथा नमोबुद्धमा समन्वय समिति गठन भईसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal