वास्तविक घटनामा आधारित ‘जालमा फसायौ– २ बैनिको आँसु’ सार्वजनिक

वास्तविक घटनामा आधारित ‘जालमा फसायौ– २ बैनिको आँसु’ सार्वजनिक

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत ‘जालमा फसायौ २ बैनिको आँसु’ सार्वजनिक भएको छ ।
‘जालमा फसायौ – २ बैनिको आँसु’ मा प्रभावन जे को लय, शब्द तथा संगीत संयोजन, स्वर बिमाकुमारी दुरा, प्रभावन जे, भुवन प्रकाश बडु, गीतादेवी र पार्वती कार्कि को रहेको छ ।
परिकल्पना तथा निर्देशन प्रभावनजे स्वंमको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।


‘जालमा फसायौ –२ बैनिको आँसु’ गीतबाट भएको सम्पुर्ण आम्दानी सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको गायीका मिना मैयाँ थापाले संचालन गरेको मदर सिस्टर नेपाल बालगृहलाई दिने राजाराम गौतमले जानकारी दिए । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाहरु संरक्षण पाईरहेका छन् ।
नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष (आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका गौतमले बताए ।


गीतमा ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने, व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।


काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन र क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सम्पादन नविन भट्टको रहेको छ ।
गीतको भिडियो तल रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal