कारितासको भवन निर्माण स्थलमा भ्रष्टाचार भएको भन्दै स्थानीयको विरोध

कारितासको भवन निर्माण स्थलमा भ्रष्टाचार भएको भन्दै स्थानीयको विरोध

धुलिखेल, कपिल कोईराला

आर्थिक अनियमितताको आशंकामा स्थानीयले कारितास नेपालले धुलिखेलमा निर्माण गर्न लागेको तालिम केन्द्रको परिसरमा कालो व्यानर सहित विरोध जनाएका छन् ।

स्थानीयहरुले कालो व्यानरमा कारितास नेपालको भवन बनाउँनु पूर्व भएका काम कार्वाहिले भ्रष्टाचार भएको भन्दै कालो वयानर सहित विरोध जनाएका हुन । उनिहरुले सहजकर्ताको छनौट प्रकृयामा सार्वजनिक सूचना प्रकाशित नगरी सिधै छनौट गरी कारितास नेपालको खरिद विनियमावली उलङ्घन गरेको, बोलपत्र खोल्दा बोलपत्र भर्ने कम्पनीलाई नबोलाई आफै बन्द कोठा भित्र खोलेको, वित्तिय पक्ष ६० प्रतिशत तथा प्राविधिक पक्ष ४० प्रतिशतको मापदण्ड सार्वजनिक नगरेको, सबैभन्दा बोल कबोल गर्ने पहिलो कम्पनीलाई र दोश्रो कम्पनीलाई छनौट प्रकृयाबाट हटाई अन्य कम्पनीलाई ठेक्का दिएको, भवनको बाताबरणिय प्रभाव मुल्याङ्कन रिपोर्ट नबनाई भवन वनाउने ठेक्का खोलेको, प्राविधिक मुल्याङ्कन रिपोर्ट सार्वजनिक नगरेको, कारितास नेपालको विधानमा आय आर्जन गर्ने परियोजना गर्न नपाईने भनेर व्यवस्था नभएको र गैह्र सरकारी संस्था भएर आय आर्जन गर्ने कामका लागि प्रशासनबाट स्वीकृति नलिएको लगायतको आरोप लगाउँदै कालो व्यानरमा लेखेर जग्गाको प्रवेश गर्ने गेटमा टाँगिएको छ ।

कारितासले १ बर्ष अगाडी जग्गा किनेको थियो भने केहि समय अघि मात्र भवन बनाउन भनेर निर्माण कम्पनी छनौट गरेको थियो । निर्माण कम्पनी काम गर्न आएपनि यी कुराहरुको जवाफ माग्दै विरोध जनाएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal