ब्लड क्यान्सर पीडित सापकाेटालाई लाइन्सकाे सहयाेग

ब्लड क्यान्सर पीडित सापकाेटालाई लाइन्सकाे सहयाेग

पाेखरा,

समाज प्रती उत्तरदायी हुँदै ब्लड क्यान्सर पीडित पोखराका सत्य राज सापकोटा को सहयोगार्थ पोखरामा लाइन्स म्युजिकल नाइट २०१९ सम्पन्न भयको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्येक्रमको आयोजना गरेका हुन् ।

यी दुबै क्लबहरु पोखरामा विभिन्न कार्यक्रमहरु गरि सक्रिय रहदै आयका क्लबहरु हुन् । कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा,सम्झना भण्डारी ,बिक्रम बराल, कमेडियन डोरेस खतीवडा ,मेनुका माझि लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दियका थिए । पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भयको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो । कार्यक्रम सफल भयको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष लायन बिक्रम गुरुङले जानकारी दिय। अर्का अध्यक्ष लायन चेतन कार्कीले भने चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।एम जे एफ लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लायन सुचित्रा कुंवर थापालाई लायन क्लबप्रती उहाँको योगदानको कदर गर्दै सम्मान समेत गरियको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal