काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता

काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता

प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । यो सहायता परियोजना करिब साढे तेर अरबको रहेको छ ।

ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच २०७६ पुष ९ गते बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal