कारितास नेपालमा कार्यकारी पोष्टमा विधान विपरित विदेशी संरक्षक

कारितास नेपालमा कार्यकारी पोष्टमा विधान विपरित विदेशी संरक्षक

कपिल कोईराला
कारितास नेपालले नेपालको संविधान तथा आफ्नै विधान मिचेर विदेशीलाई संरक्षकको रुपमा राखेको खुलेको छ । कारितास नेपालले भारतीय नागरिक पावल सिमिकलाई कार्यकारी अधिकार सहित संरक्षकको रुपमा राखेको खुलेको हो ।

कारितास नेपालको विधान २०४७ को संसोधित २०५८ असोज १ को विधानमा क्याथोलिक समुदायको प्रमुखले स्वत प्रमुख (सभापति) पद पाउने भने पनि तत्कालिन स्वर्गिय अमुल्यनाथ शर्मा देवकोटा सभापति रहेकै बेला भारतीय नागरिकलाई बोर्ड अध्यक्ष (संरक्षक) ल्याउन २०७१ चैत्र ४ गते संसोधन गरी क्याथोलिन समुदायका प्रमुख (विशप) लाई संरक्षक बनाईएको विधानत देखिन्छ । एउटै विधानको परिच्छेद ५ दफा १५ च ले एकै व्यक्तिलाई संरक्षक र परिच्छेद ५ को १ ले सभापति दिएको छ । यो हिसावले अमुल्यनाथ शर्मा देवकोटाको मृत्यू पश्चात भारतीय नागरिक पावल सिमिकलाई कार्यकारी समितिमा राख्नकै लागि उक्त विद्यान संसोधन भएको देखिन्छ । विधान संसोधन गर्दा विशपलाई नै सभापति र संरक्षकको मान्यता दिएको छ । संसोधित विधानले हालको सभापति नै अबैधानिक मानेको देखिन्छ ।
श्रोतका अनुसार कारितासमा संरक्षकको भुमिकामा रहेका भारतीय नागरिक पावल सिमिकले कारितास नेपालमा संरक्षक बस्नको लागि अनुमति तथा श्रम स्वीकृति नलिएको बताए । ‘सिमिकले अध्यागमनको कानुन अनुसार श्रमस्वीकृति विनानै कारितास नेपालमा संरक्षकको रुपमा बस्न मिल्दैन । अझ सिमिकले विदेशी नागरिकहरु एलेन निक्सस, एलेनुर त्रिनचरा, मिशाल रोय तथा मेलविल पर्नान्डिज लगायत अन्य विदेशी नागरिकलाई प्रयोग गराएर नेपाली कर्मचारीको अति गोप्य कागजपत्रमाथी पँहुच गराएका छन्, कारितास नेपालका पूर्व कर्मचारीले भने । कारितासले विधान मिचेर कार्यकारी पोष्टमा राख्नुका साथै सिमिक पावललाई सन २०१९ डिसेम्बर २ तारिखमा भएको महत्वपूर्ण कार्यसमिति मिटिङमा समेत सहभागि गराईएको छ ।

विदेशी नागरिक कार्यकारी पोष्टमा काम गरेको भन्दै समाजकल्याण परिषद्ले पटक पटक कारितास नेपाललाई पत्र काटेको छ । पटक पटकको पत्र काटेपछि कारितास नेपालले २०१६ मार्च १ (२०७२ फागुन १८ गतेबाट कृष्णबहादुर बोगटी शिलासलाई कार्यकारी निर्देशक बनाएको देखिन्छ । समाजकल्याणले चासो व्यक्त गरेपछि २०११ अगष्ट २५ देखि २०१६ फेब्रुअरी २८ सम्म कार्यकारी निर्देशकको रुपमा काम गरेका भारतीय नागरिक फादर पायस पेरुमेनालाई कारितासले हटाएको थियो । यस अघि पनि कारितास नेपालमा सन १९९७ देखि १९९८ सम्म भारतीय नागरिक एस्कर परेर कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए ।


विदेशी नागरिक कार्यकारी निर्देशकमा रहेको र निर्देशकबाट विभिन्न अनियमित कार्यहरु भएको भनेर अख्तियारमा उजुरी परेको भन्दै उल्नेखित विषयमा सत्य तथ्य विवरण सहित पठाउन समाजकल्याण परिषद्ले मिति २०७२ माघ २५ गते ( चैत्र १२ गते (सन् २०१६ मार्च २७) चलानी नं ००४३८३ नं को पत्रमा ५ दिने म्याद राखेर पत्र लेखेको छ । कारितास नेपालले त्यसको जवाफमा २०७२ चैत्र २९ गते कार्यकारी निर्देशक कृष्णबहादुर वोगटी २०११ देखि २०१४ सम्म अध्ययनको लागि इटालीमा रहेको र उनको अनुस्थितिमा नेपाली कर्मचारीहरु मदानिका मुखिया र मणिन्द्र मल्लले समाल्दै आएको भनेर झुटो विवरण दिएको देखिन्छ । तर कारितासको बोर्डमा त्यस बखत पायस पेरुमना नै कार्यकारी निर्देशक भएको उल्नेख छ । समाजकल्याण परिषद्ले चिठ्ठी पठाएपछि २०७२ चैत्र २९ गते कारितास लेपालले कृष्णबहादुर बोगटीको हस्ताक्षरमा लेखेको पत्रमा कार्यरत रहेको बेलामा पायस पेरुमनाले यदा कदा कुनै कागजातमा निजको हस्ताक्षर र हस्ताक्षर त्रुटिबस भएको सम्म होला भनेर स्वीकारेको छ । पायस पेरुमेनाको नाममा अख्तियारमा समेत उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महिला बालबालिका समाज कल्याण मन्त्रालय मार्फत समाजकल्याण परिषद्मा २०७२ चैत्र १९ गते कार्यकारी निर्देशकको रुपमा काम गर्ने पायस पेरुमेना र तत्कालिन सहायक कार्यकारी निर्देशक भारतीय नागरिक आर्शिवादमलाई नेपाली गैससमा कार्यकारी पदमा बसेर गैरकानुनी रुपमा आफ्नो पदिय दुरुपयोग गरेकोले अनुसन्धान सहित कार्वाहि गर्न पत्र लेखेको थियो । कारितासले भारतीय नागरिकलाई कार्यकारी पदमा नराखेको भने पनि हामीलाई प्राप्त डकुमेन्ट अनुसार सन् २०११ अगष्ट २५ देखि २०१६ फेब्रुअरी २८ सम्म कार्यकारी निर्देशकको रुपमा भारतीय नागरिक फादर पायस पेरुमेनाले कार्य गरेको देखिन्छ । कागजी रुपमा पनि कारितासले नेपाल सरकारलाई नै झुक्याएको छ । हामीलाई प्राप्त जानकारी अनुसार सन् १९९१ देखि १९९७ सम्म नेपाली आशिष गुरुङ, सन् १९९७ मै एक्टिङ निर्देशकको रुपमा रुपा राईले काम गरेको देखिन्छ । त्यस्तै सन् १९९७ देखि १९९८ सम्म भारतीय नागरिक एस्कर परेर कार्यकारी निर्देशक भएको देखिन्छ । फेरी सन् १९९८ देखि २००४ सम्म नेपाली पिको मुक्तान कार्यकारी निर्देशकको रुपमा काम गरेको देखिन्छ । सन २००४ देखि २०११ अगष्ट २४ सम्म नेपाली कृष्णबहादुर बोगटी शिलास कार्यकारी निर्देशकको रुपमा कार्य गरेको देखिन्छ । बोगटी अध्ययनको लागि इटाली गएपछि भारतीय नागरिक पायस पेरुमेना कार्यकारी निर्देशक बनेका थिए । समाजकल्याणले तारन्तार पत्रकाटे पछि पायसलाई हटाएर २०१४ मा पढाई सकेर फर्किए पनि कृष्णबहादुर बोगटी शिलासलाई नै पुनः सन २०१६ मार्च १ देखि पुन कार्यकारी निर्देशक बनाईयो । बोगटी २०१९ मे ३१ सम्म जिम्मेवारीमा बसे । अहिले कारितासमा २०१९ जुन १ देखि ललित टुडु कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal