खानीखोलामा सहकारी समन्वय समिति गठन

खानीखोलामा सहकारी समन्वय समिति गठन

जिल्ला सहकारी संघ लि, काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रे जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सचेतना अभिबृद्धि गर्दै सहकारी र पालिकाको समन्वयमा कार्यहरु सम्पादन गर्नका लागि स्थानीय पालिकास्तरीय सहकारी समन्वय समिति निर्माण÷गठन गर्ने उद्देश्य अनुरुप यहि पौष १५ गतेका दिन खानीखोला गाउँपालिकास्तरीय सहकारी समन्य समिति गठन भएको छ । खानीखोला गाउँलापिकाका अध्यक्ष श्री कृष्णबहादुर खुलालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सहकारीकर्मीहरुको भेलाले ७ सदस्यिय सहकारी समन्वय समिति सुर्यमूखी साकोसका अध्यक्ष श्री गोपाल प्रसाद तिमल्सिनाको अध्यक्षतामा गठन गरेको हो । ३८ जना भन्दा बढी सहकारी अभियन्ताहरुको सहभागितामा भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि. का सचिव दिलिप शर्माले गर्नुभएको थियो । खानीखोला
गाउँपालिकामा रहेका ७ वटै वडाहरुबाट सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्री कृष्णबहादुर खुलालज्यूले यस पालिकामा रहेका सहकारी संस्थाहरुको प्रवद्र्धन र विकासका लागि आफूले
साधै सकारात्मक रुपले हेर्दै आएको र माया गर्दै प्रत्येक आर्थिक बर्षमा बजेट समेत विनियोजन गर्दै आएको र यस आर्थिक बर्षमा पनि रु.१० लाख
रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । सहकारी साझा संस्था भएकाले समाजमा यसको महत्व अत्यन्त ठूलो हुने बताउँदै पालिकामा एउटै प्रकृतिका धेरै सहकारी हुनु भन्दा पनि एउटै प्रकृतिका एउटा मात्र रहने गरी सबै वडामा प्रतिनिधित्व गर्दै जन भावना अनुसार कार्य सम्पादन गर्नुपर्ने बताउनु भयो । बाहिरबाट आउने सहकारी संस्थाहरुलाई प्राथमिकता
दिनु नहुने र आफुले पनि सोहि अनुसार गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वहाँले पालिकामा कर्मचारीहरु थोरै भएकाले सहकारी सम्वन्धि कार्यहरु अगाडि बढाउनका लागि यस समन्वय समितिको साथले आफुलाई सहजता हुने बिचार ब्यक्त समेत गर्दै निर्बाचित सबैलाई शुभकामना ब्यक्त गर्नुभएको
थियो ।कार्यक्रममा भेलाले सह संयोजक अम्बिका रिजाल, सचिवमा द्रोण तिमल्सिना, र सदस्यहरुमा दुर्गा बहादुर लुंगेली, टेक बहादुर थिङ, भक्तकुमारी
तिमल्सिना र राजकुमार आचार्यको ७ सदस्यिय समन्वय समिति गठन गरेको हो । सबै प्रकृतिका सहकारी बचत तथा ऋण, महिला, कफि, कृषि तथा ऊर्जा सहकारीबाट प्रतिनिधित्व हुनेगरी सबै वडा तहहरुबाट समेत प्रतिनिधित्व रहने गरी जिल्ला सहकारी संघले निर्माण गरी सहजिकरण गरिदिएको कार्यविधि अनुसार समन्वय समिति गठन भएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दिलिप शर्माज्यूले सहकारी संघको गतिविधि, लगायत सहकारी ऐन २०७४, नियमावली तथा स्थानीय पालिकाले संवैधानिक रुपमा गर्नसक्ने कार्यहरुका बारेमा प्रस्तुतकिरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सञ्चालक सदस्य श्री निरन्जन बिष्टले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षज्युहरु दुर्गाप्रसाद तिमल्सिना, जय बहादुर लुंगेली, बीर बहादुर वाइवा समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal