पनौती विद्युत गृहकाे उत्पादन जिल्लामानै खपत गरिने तयारी

पनौती विद्युत गृहकाे उत्पादन जिल्लामानै खपत गरिने तयारी

काभ्रेेेेेेेेेेेपलाञ्चाेक

पनाैति नगरपालिका वडा न १० खोपासीमा रहेको नेपालकै तेस्रो जलविद्युत् उत्पादन गृह परिसरमा नयाँ सबस्टेसन (३३÷११ केभिए) को काम शुरु भएको छ ।

जलबिद्युतबाट उत्पादन हुने बिद्युत काभे्र जिल्ला मै खपत हुने गरी काम सुरु भएको हो । विद्युत्त प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गले बिद्युत जिल्ला मै खपत हुने गरी सब स्टेशन बनाउने प्रक्रिया सुरु भएको बताए । उनका अनुसार चालु आवको अन्त्यसम्ममा खोपासी सबस्टेसनमा स्थापना हुने फिडरमार्फत खोपासी, पस्थली, शंखु, ढुंखर्क, बल्थली, कामीडाँडा, भुग्देउलगायत क्षेत्रमा विद्युत खपत गराउने जनाएका छन् । ‘हाललाई खोपासीमा ३ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर सबस्टेसन सुरु हुन्छ। पछि डिमान्डमा आधारित रहेर यसको क्षमता बढाउन सकिन्छ ।’–उनले भने।


प्राधिकरण अन्तर्गत हाल बनेपा, २८ किलो र पाँचखालस्थित सब–स्टेसन सञ्चालनमा रहेको छ। दुवै सबस्टेसनमा पावर लोड धेरै भएकाले पनौती क्षेत्रमा पावर कम हुँदा ठूला उद्योग आउन अनिच्छुक थिए । जिल्लामा ६६ केभीएको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन । जिल्लाबासीहरुलाई अँध्यारोबाट मुक्त गर्न त्यसको बैकल्पिक ब्यवस्थाका लागि विद्युत्त प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सब स्टेशन राख्ने प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विद्युत्त प्राधिकरणले उक्त क्षेत्रमा सब स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको गुरुङ्गले बताए ।

नेपाल विद्युत्त प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत्त चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ । कार्यालय प्रमुख रञ्जनराज गुरुङ्गले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरुको मर्मत लगायतका कार्यहरु निरन्तर गरिरहेको बताए । चुहावट नियन्त्रण टोलीले बेथानचोक लगायत विभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका बिभिन्न ग्राहकहरुबाट चोरीमा प्रयोग गरिएका सामानहरु बरामद गरेको छ । मण्डनदेउपुर, धुलिखेल, बेथानचोक लगायत विभिन्न स्थानहरुमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृतरुपमा चोरी गरेको गरिरहेको विद्युतीय सामाग्रीहरु जफत भएको छ । त्यसैगरी अन्य ग्राहकहरुलाई चेतावनी दिने र घरमा जडान हुकिङ तारहरु हटाईएको विद्युत प्राधिकरण बनेपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal