हाेटल सारथीकाे नयां ५० काेठे भवनकाे काम सुरु

हाेटल सारथीकाे नयां ५० काेठे भवनकाे काम सुरु

धुलिखेल / रिसाेटमार्ग

संचालन भएकाे १ वर्ष पनि नपुग्दै पर्यटनको क्षेत्रमा आफ्नाे अलग पहिचान बनाउन सफल हाेटल सारथिले अबकाे १८ महिना भित्र सम्पन्न हुने गरी ५० वटा कोठाको अर्कााे भवन निर्माण गर्नका लागि कार्य प्रारम्भ सुरु गरेकाे जानकारि दिएकाे छ ।

होटल सारथी प्रा. लि. धुलिखेलकाे पाँचौं बार्षिक साधारण सभामा संचालक समितिले सेयर सदस्य बिच उक्त कुरा जानकारि गराएकाे हाे । ३५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त भवनमा विभिन्न खालका सुविधा सम्पन्न रुमहरु हुनेछन् भने कार्य सुरु गर्न सञ्चालक समितिलाई अख्यिारी समेत दिइसकेको छ । यसरी यो नयाँ भवन सुरु भइसकेपछि होटल ७३ वटा रुम सहितको व्यवस्था रहनेछ ।

हाेटल सारथि बाट देखिने हिम श्रृखला ।

२५ करोडको लागनीमा सुरु गरिएको हाेटलमा  २३ वटा रुम सहित २०० जनाभन्दा बढीका लागि कायृक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ । धुलिखेल बसपार्कबाट १.५ कि. मि.को दुरीमा रहेको उक्त होटलबाट विभिन्न हिम श्रृंखलाहरुको दृष्य राम्रोसँग देखिन्छ । राम्रो पार्किङ स्थल, मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई पनि एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण रहेकाे छ ।

प्रविधियुक्त सभा हल ।

सारथि प्रा.लि. का अध्यक्ष प्रल्हाद प्यकुरेलले पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै होटलले यस बर्ष विभिन्न खालका आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षणका योजनाहरु ल्याएकाे जानकारि गराउनुभयाे ।

हाेटलले संचालनकाे १ वर्ष पुग्नै लाग्दा सेवाग्राहिबाट राम्राे प्रतिक्रिया पाएकाे छ भने धुलिखेलमा रहेका उत्कृष्ट होटलको लिष्टमा आफ्नो नाम राख्न सफल भएको छ । कार्यक्रममा होटलको हाल सम्मको आम्दानी, खर्च, भावी योजना तथा पर्यन बर्ष २०२० लाई व्यवसायिक रुपमा अगाडि बढाउने नीति सहित शेयर धनीहरुको सुझाव समेत लिएको थियो ।

विभिन्न पेशा तथा व्यवसायमा संलग्न शेयर धनीहरु रहनु भएको उक्त होटलमा उद्योगी, व्यवसायि, सहकारीकर्मी, गैह् सहकारी निकायका विभिन्न ब्यक्तित्वहरुकाे प्रतिनिधित्व रहेकाे छ ।

यूवा जनशिक्तिहरु मिलेर आफ्नै माटोमा केहि गरौ भन्ने सोचका साथ सुरु भएको यस होटलले स्थानीय जनशक्तिहरुलाई क्षमताका आधारमा नै रोजगारी प्रदान गर्ने लक्ष्य समेत लिएको छ भने अहिले उक्त होटलले ३० जना भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रोजागरी दिन सफल भएको छ । उक्त होटलको समुह अन्तर्गत सारथी सहकारी, सारथी मार्ट, सारथी फाउण्डेसन तथा अन्य समुदायमा आधारित भएर कार्य सञ्चालन गर्ने लक्ष्य बार्षिक साधारण सभामा पारित गरेको संचालक समिति सलस्य दिलिप शर्माले जानकारिदिनुभयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal