‘प्रसाद’ काे पाेल्टामा पाँच ‘कामना अवार्ड’

‘प्रसाद’ काे पाेल्टामा पाँच  ‘कामना अवार्ड’

प्रतिष्ठित फिल्म अवार्ड ‘कामना फिल्म अवार्ड’ को पाँचौ संकरणमा फिल्म ‘प्रसाद’ले उत्कृष्ट फिल्म अवार्ड पाएको छ ।

फिल्म ‘प्रसाद’ले उत्कृष्ट फिल्म साथमा पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरी पाँच विधामा अवार्ड जितेको छ । जसमा दिनेश राउतले ‘उत्कृष्ट निर्देशक’, नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’, विपिन कार्कीले ‘उत्कृष्ट नायक’, सुशिल पौडेलले ‘उत्कृष्ट पटकथा’ र उत्कृष्ट फिल्मको अवार्ड पाएका हुन्।

कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई नगद एक एक लाखसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियाे भने ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आर. के मानन्धरलाई सम्मानित गरिएको थियो ।

अवार्ड जित्नेहरुमा

फिल्म : प्रसाद
निर्देशक : दिनेश राउत (प्रसाद)
अभिनेता : विपिन कार्की (प्रसाद)
अभिनेत्री : नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
सह–अभिनेता : दयाहाङ राई (साइँली)
सह–अभिनेत्री : प्रियंका कार्की (नाईं नभनू ल ५)
डेब्यू नायक : उमेश थापा (बोबी)
डेब्यू नायिका : सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
कथाकार : खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
डेब्यू निर्देशक : छेतेन गुरुङ (डमरुको डण्डीबियो)
खलपात्र : प्रमोढ अग्रहरी (कथा काठमाण्डु)
सम्पादक : निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
पटकथा : शुशिल पौडेल (प्रसाद)
संवाद : दीपकराज गिरी (छक्का पञ्जा ३)
हाँस्य कलाकार : केदार घिमिरे (छक्का पञ्जा ३)
बाल कलाकार : सेड्रिना शर्मा (नाईं नभनू ल ५)
कोरियोग्राफर : कविराज गहतराज (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : शुक्रराज शाह (भिलेन)
पाश्र्व संगीत : एलिश कार्की (डमरुको डण्डीबियो)
संगीतकार : बसन्त सापकोटा (नाई नभन्नु ल ५)
गीतकार : दिनेश थपलिया (तिम्रो आँखामा-नाईं नभन्नू ल ५)
गायक : हेमन्त राना मगर (साइँली)
गायिका : अञ्जु पन्त ( सँगसँगै – बाँध मायाले)
सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान (नाईं नभन्नू ल ५)
ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
श्रङ्गार : श्याम लामा (चक्कर)
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ

कुल २६ विधामा अवार्ड प्रदान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal