नेपालि पार्कर दिनेशले बनाए चाैथाे विश्व रेकर्ड

नेपालि पार्कर दिनेशले बनाए चाैथाे विश्व रेकर्ड

अमेरिका/ भर्जिनिया

नेपालि पार्कर खेलाडि दिनेशले चाैथाे पटक विश्व रेकर्ड बनाउन सफल भएका छन् ।

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल 2020 लाई लक्ष्यित गरि पार्कर खेलको अर्को छुट्टै विधा “The most backwards somersaults on trampoline in one hours” मा एक घन्टाको समयमा 460 पटक ब्याक फ्लिप्स गर्दै चौथोपटक वर्ल्ड रेकर्ड एटेम्ट गर्न सफल भएका छन् । रेकर्ड सर्टिफाई काे लागि अगाडि बढेकाे दिनेशले जानकारि दिए ।

पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको खातिर विश्वभरको आकर्षण को केन्द्र मानिने अमेरिकी मुलुकमा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्नुहुने अमेरिकामा रहनुभएका सहयोगी महानुभावहरु र कार्यक्रम आयोजक ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. प्रती हृदय देखि नै आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal