समुदायका महानायक अमिर दोङ र मोडल सुचना प्रेममा (भिडियो)

समुदायका महानायक अमिर दोङ र मोडल सुचना प्रेममा (भिडियो)

काठमाण्डौ / तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक
लुक्स भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।

गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु लोप्चनले स्वरमा साथ दिएका छन ।
भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ । भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।

भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal