किसानलाई ३० थान हाते ट्याक्टर हस्तान्तरण

किसानलाई ३० थान हाते ट्याक्टर हस्तान्तरण

पाँचखाल/ कृषि यान्त्रीकरण प्रयोगमा बृद्धि, पाँचखाल नगरको समृद्धि भन्ने मुल नाराका साथ पाँचखाल नगरपालिका वडा नं ८ ले कृषिको आधुनिकीकरण र ब्यबसायिकरणमा सहयोग पुर्याउने उदेश्यले पचास प्रतिशत अनुदानमा ३० थान हाते ट्याक्टर किसानहरुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

पाँचखाल नगरपालिकाका कार्यबाहक नगर प्रमुख संजय लामाले किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन । एक ट्याक्टर बराबर पाँच जनाको कृषक समुहलाई हस्तान्तरण गरिएको नगर प्रमुख लामाको भनाई छ । ट्याक्टर हस्तान्तरणको उदेश्य भनेको भोलीका दिनमा ब्यबसायीक खेती गर्ने किसानलाई उत्प्रेरित गर्नु भएको लामाले बताए । कार्यबहाक प्रमुख लामाले गाउँ घरमा सिंहदरबारको अधिकार आउनुपथ्र्याे तर सिंह मात्र आयो भन्ने गरेको सुनिन्छ तर हामी सिंह(शासक) होइनौं हामी हजुरहरुको सेवक मात्र हौं त्यसैले जति सक्छौं सेवा गर्छौ । हाम्रो काम सेवा र सहयोग बाहेक अन्य केही नभएको उनको भनाई छ ।

ट्याक्टर हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष महेश पौडेलले जनताले घर दैलोमै सरकार आएको महशुस हुने गरी यस्तै कार्यक्रम र सहयोग गर्न जनप्रतिनीधिहरुलाई अनुरोध गरे ।

प्राबिधिक सहयोगी संस्था ओम सत्य साइ मेसीनरी कन्सर्नका प्रोपाइटर सञ्जिब श्रेष्ठले मन्तब्य सहित ट्याक्टरका बिशेषता र प्रयोगको तरीकाका बारेमा अनुशिक्षण गराएका थिए ।

वडा कार्यालयको कृषि बजेट मार्फत अनुदान सहयोगमा ट्याक्टर हस्तान्तरण गरिएको थियो । ट्याक्टर हस्तान्तरण पछि १ सय ७५ जना किसान प्रत्यक्ष लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal