काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को नेतृत्वमा नारायण बडाल

काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को नेतृत्वमा नारायण बडाल

काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि को ११ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि का सचिव टिकाबल्दभ सापकोटाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीज्यूको बिशिष्ट अतिथी, जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सुमन नेपाल समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक पौडेलको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन भएको कार्यक्रममा संघका अध्यक्षज्यूले संस्थागत प्रगती प्रतिवेदन प्रस्तुती गर्नुभएको हो ।


साधारण सभामा नारायणप्रसाद बडालज्यूको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समितिको चयन गरेको हो । जसमा उपाध्यक्षमा लिला नेपाल, र सदस्यहरुमा शिवप्रसाद ढकाल, दीपक ढोडारी, रत्नकुमार ठकुरी, शिवहरी लामिछाने, दीपक नेपाल र रविन्द्र बञ्जरा निर्बिरोध निर्बाचित हुनुभएको छ । जिल्ला सहकारी संघका सचिव श्री दिलिप शर्मा निर्बाचन अधिकृत रहनु भएको उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजकमा रघुनाथ गौतम तथा सदस्यहरुमा देवीप्रसाद तिमल्सिना र माधव प्रसाद गौतम निर्बिरोध निर्बाचत हुनुभएको हो ।
सहकारीहरु निष्किृय रहि रहेको अवस्थामाजिल्ला सहकारी संघहरुले सहकारीको प्रवद्र्धन तथा विकासमा अझ ठूलो भूमिका प्रदर्शन गर्नु पर्ने भन्दै प्रमुख अतिथी सापकोटाले अब दुग्ध उत्पादन, बजार तथा यसको विकासमा आम किसानहरुका समस्यालाई समाधान गर्न जिल्लामा रहेका करिव ३०० सहकारी संस्थाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन यो टिमको सक्रियता बढाई क्रियाशिल हुनुपर्ने जानकारी कार्यक्रममा दिनु भएको थियो ।
जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीले सहकारी संस्थाहरुलाई जिवन्त राख्न बिषयगत संघहरुले जिम्मेवारी पूर्वक लागिपर्न र आवश्यक परेमा जस्तोसुकै कार्यहरुमा सँधै तत्पर रहेर सहयोग गर्न जिल्ला सहकारी संघ तयार रहेको जानकारी दिदै जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेका ९२ वटा सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघ लि. मा आबद्ध भई संघबाट प्रदान गरिने सेवालिन र संस्थाहरुको प्रवद्र्धनमा लाग्न आग्रह समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal