एम्बुलेन्स किन्न लगाइएको महायज्ञमा २९ लाख उठ्यो

एम्बुलेन्स किन्न लगाइएको महायज्ञमा २९ लाख उठ्यो

एम्बुलेन्स खरिदको लागि पाँचखाल १२ मा लगाइएको महायज्ञबाट २९ लाख उठेको छ ।


समाज सुधार युबा क्लबले पाँचखाल १२ मा लगाएको महायज्ञबाट २९ लाख ७७ हजार ५ सय ४७ रुपैया नगद संकलन भएको छ ।


महायज्ञमा सबैभन्दा धेरै व्यक्तिगत रुपमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले १ लाख ५ हजार नगद दान गर्नुभएको थियो । महायज्ञमा ७ वटा इट्टाभट्टाहरुको तर्फबाट १ लाखको दरले ७ लाख, सोमबहादुर उदास र सुजन उदासबाट १ लाख ७ हजार, धनबहादुर तामाङबाट १ लाख ४ हजार, प्रविन श्रेष्ठबाट १ लाख ४ हजार, धर्मबहादुर थापामगर वाट ५५ हजार ५ सय ५५ लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी, स्थानी बासिन्दाको सहयोगमा २९ लाख संकलन भएको समाज सुधार युवा क्लबका अध्यक्ष गौरीकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार एम्बुलेन्स खरिद गरेपछि असहाय, अशक्त, गरिब, दुःखीलाई निःशुुल्क सेवा प्रदान गर्ने जानकारी दिए । महायज्ञमा प्रमुखवाचक बिनोद सपकोटा र उपवाचक मनिस खनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal