एक सर्जनको गाथा लोकार्पण

एक सर्जनको गाथा लोकार्पण

एक सर्जनको गाथा आज राजधानीमा लोकार्पण भएको छ । डा. दिनेश नाथ गोंगलद्वारा लिखित पुस्तक कुञ्ज नाटक घरमा वरिष्ठ क्षयरोग विशेषज्ञ डा. गौरी शङ्कर दास, वरिष्ठ नेत्र विशेषज्ञ डा. नरेन्द्रध्वज जोशी, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, डा. ज्वाला राज पाण्डे, डा. मधु देवकोटा र लेखक दिनेशनाथ गोंगल स्वयंले गरे ।

पुस्तक विमोचनमा डा. उपेन्द्र देवकोटाकी पत्नी, डा. मधु देवकोटाले आफ्नो नजरमा गोंगल चरित्रका धनी, कर्तव्यपरायण, अल्पभाषी तर मृदुभाषी अनि एउटा प्रेरक व्यक्तित्व भएकोे चर्चा गर्दै भनिन्– “मलाई उनको शालीन व्यक्तित्वले कार्यक्षेत्रमा निकै प्रभाव पारेको छ । त्यसैगरी उनीजस्ता भद्र व्यक्तिलाई गुरmको रुपमा पाउने उनका पति डा. देवकोटा निकै भाग्यशाली भएको र आजको दिनसम्म यदि उनी जीवित भएको भए हर्षले निकै पुलकित हुने थिए भन्ने मनोभाव प्रकट गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि एनडि जोशीले आफुले डक्टर गोंगलको ब्यक्तित्वले असाध्यै प्रभाव पारेको बताए । भने ७० बर्षको नेपाली चिकित्सा क्षेत्रको ईतिहास किताबमा आएको छ मलाई खुशी लागेको छ ।

कार्यक्रमका बिशेष अतिथि डाक्टर केदार भक्त माथेमाले नाम्सको पुर्वउपकुलपति डाक्टर गोंगलको कार्यकाल स्वर्णयुग भएको अहिले त्यहि नाम्समा उपकुलपति खाली हुनु दुर्भाग्यपुर्ण भएको बताए ।

अर्का अतिथि डक्टर ज्वाला राज पाण्डेले डक्टर गोंगलको यो किताब नेपाली चिकित्सा क्षेत्रको ईन्साक्लोपेडिया भएको बताए । डक्टरहरु पनि भगवानको भर पर्नै हुन्छन् भन्दै उनले गीताका श्लोक द्वारा डक्टर गोंगलको ब्याख्या गरे ।

सभापति गौरी शंकर लाल दासले डक्टर गो्रगलको आत्मकथा अहंकारको पुलिन्दा नभई आफुले जीवनमा गरेको गल्तिको ब्याख्या समेत भएकोले यो पुस्तक नेपाली चिकित्सा क्षेत्रका नविनतम डक्टरलाई औषधिको काम गर्ने बताए ।

लेखक डक्टर गो्रगलले आफुलाई घोष्ट राईटिग नेपालले पछयाएर किताब निकालेकोमा धन्यवाद दिदै आफुले जीवनमा भोगेको दस्तावेज नयाँ पुस्ताको लागि काम लाग्यो भने अहोभाग्य ठान्ने बताए । कार्यक्रममा प्रकाशकका तर्फबाट बोल्दै घोस्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले मान्छेलाई पुस्तकमा बदल्ने अभियानको पछिल्लो कडि यो पुस्तक भएको र यसले नेपाली चिकित्सा क्षेत्रलाई प्रेरणा दिने बताए ।

कार्यक्रममा डक्टर गोंगलका पुत्र डक्टर राजेश गोंगल र शैलेस गोंगलले स्वागत भाषण र धन्यवाद ज्ञापन गरेको थिए । ९५ बर्षदेखि २५ बर्षसम्मका चिकित्सिक रहेको सो कार्यक्रम आफैंमा रोनकतापुर्ण थियो । पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal