गोरखनाथ संरक्षण समितिले आयोजना गरेको श्रीमद भागवत भक्ति सत्संग महायज्ञ सम्पन्न

गोरखनाथ संरक्षण समितिले आयोजना गरेको श्रीमद भागवत भक्ति सत्संग महायज्ञ सम्पन्न

पनाैति/ पौष २९ गतेबाट गोरखनाथ संरक्षण समितिले आयोजना गरेको श्रीमद भागवत भक्ति सत्संग महायज्ञ बुधबार सम्पन्न भएको छ ।

महायज्ञको समापनसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रत्न शेरचनले गोरखनाथ मन्दिर परिसरमा ९ फिट अग्लो गणेशको मुर्ति समेत शिलान्यास गरेका थिए । काभ्रेको धार्मिक एवं ऐतिहासिक नगर पनौतीको ऐतिहासिक १२ बर्षे मकर मेला लाग्ने त्रिवेणीघाटको ठीक अगाडि दलिनचोकस्थित गोरखनाथ डाँडामा रहेको नेपाल कै पहिलो ९ फिटको अग्लो पञ्चधातुबाट निर्मित गणेशको मुर्ति स्थापनाको लागि गोखनाथ मन्दिर परिसरमा महायज्ञ लगाइएको थियो । बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेरचनको प्रमुख आतिथ्यतामा महायज्ञ समापन गरिएको हो ।

पौष २९ गतेदेखि माघ ८ गतेसम्म गोरखनाथ संरक्षण समितिले आयोजना गरेको श्रीमद भागवत भक्ति सत्संग महायज्ञको समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेरचन, नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, पनौती नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुधिर सापकोटा, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, नेपाली कांग्रेसका नगर सभापति रामशरण भण्डारी, अधिवक्ता हरिशरण बस्नेत, पुण्यवति यातायात प्रालिका अध्यक्ष राजेशसुन्दर सैंजु, पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा लगायत श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । ८ दिनसम्म चलेको उक्त महायज्ञमा विभिन्न चन्दादाताहरुले रु १ हजारदेखि १ लाख ५१ हजार सम्म चन्दा सहयोग गरी करिव ३६ लाख नगद संकलन भएको मूल आयोजक समितिका प्रमुख सचिवालय संयोजक रामकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जिन्सी समेत संकलन भएको छ । महायज्ञमा उत्सब बस्नेतबाट २० बोरा सिमेन्ट, गंगा हार्डवेयरबाट २० बोरा सिमेन्ट, विनोद केसीबाट २ हजार लिटरको पानी ट्यांकी, अनिरुद्र थापाबाट च्नदा रकम सहित १ निसान बालुवा, गोविन्द बहादुर थापाबाट नगद सहित गणेशको मूर्ति वरपरका लागि विछ्याउन टायल सहयोग प्राप्त भएको, आयाम धितालबाट १ निसान बालुवा प्राप्त भएको तथा अझै सहयोग आउने क्रम जारी रहेको संयोजक बस्नेतले जानकारी दिए ।

८ दिनसम्म चलेको महायज्ञमा प्रमुख वाचक राष्ट्रिय विभुती सुश्री अनुराधा शास्त्री, वाचक उद्धव शर्मा, उप–वाचक प्रकाश पाण्डे रहेका थिए । महायज्ञमा पौरानिक झाँकीहरु समेत मंचन गरिएको थियो ।

गोरखनाथ संरक्षण समितिका अध्यक्ष रामजंग बस्नेत, यज्ञ समारोह समितिका प्रमुख संयोजक ओतबहादुर खड्का, प्रमुख सचिवालय रामकुमार बस्नेत लगायतले सप्ताह ज्ञान महायज्ञ आयोजना गर्नुको उद्देश्यमाथि उपस्थित श्रद्धालु भक्तजनहरुलाई जानकारी दिएका थिए

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal