पाँचखाल साक्षर नगर घोषणा

पाँचखाल साक्षर नगर घोषणा

पाँचखाल/पाँचखाल नगर साक्षर नगर घोषणा भएको छ ।


सोमवार नगरपालिकाको सभाकक्षमा पाँचखाल नगरका प्रमुख महेश खरेलले गर्नुभएको प्रस्तावमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख उद्धव केसीले साक्षर नगर घोषणा गर्नुभएको थियो ।
नगरमा १६ देखि ६० बर्ष उमेर समूहको साक्षरता ९५.४३ प्रतिशत पुगेकोले साक्षर नगर घोषणा गरिएको पाँचखाल नगरका प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसीले छिट्टै नै जिल्ला घोषणा गर्न लागेको जानकारी गराउँदै साक्षर नगरपालिका घोषणा गरेकोमा पाँचखाल नगरलाई धन्यवाद दिनुभयो । उहाँले शिक्षामा प्रगति गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु कृयाशिल हुनुपर्नेमा जोड दिनुभयो । विव्यस अध्यक्ष बन्न तछाड मछाड हुने तर त्यो भन्दा पछि विद्यालयका प्रगतिका विषयमा उहाँहरुको भूमिका कम देखिने उहाँको भनाई छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सरकारले ल्याएको शिक्षा नीति सच्चिनु पर्ने बताउनुभयो । शिक्षा नीतिमा सबै काम स्थानीय तहले गर्ने भन्ने छ तर बजेट पठाउने बेलामा कम पठाउँदा शिक्षामा भने जस्तो बजेट नभएको बताउनुभयो । विभिन्न विद्यालयले व्यापार, जागिरमा तथा उच्च ओहदामा पुगेका पूर्व विद्यार्थीहरुलाई सहभागि बनाएर कार्य गरेमा शैक्षिक तथा भौतिक रुपमा सहयोग पुग्ने उहाँको भनाई थियो ।


कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारी, जिल्ला शिक्षा इकाईका प्रमुख गोकर्णध्वज कार्की, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थी, उदय कोईराला, उज्यालो नेपालका अध्यक्ष प्रेम महर्जन लगायतले साक्षर घोषणाले नगरलाई उचाईमा पु¥याएको मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा साक्षर नगरपालिका निर्माणमा सहयोग पु¥याएको भन्दै उज्यालो नेपाल, ग्राण्डि सोसियल फाउण्डेशन, लभग्रिन नेपाल, नाङशाल एसोसिएसन, वाल विकास समाज लगायतका संस्थालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal