कारितास नेपालको निर्माणधिन तालिम केन्द्र : जग्गा किन्ने र ठेकेदार छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै स्थानीयको विरोध

कारितास नेपालको निर्माणधिन तालिम केन्द्र :                            जग्गा किन्ने र ठेकेदार छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै स्थानीयको विरोध

कपिल कोइराला/काभ्रे

कारितास नेपालले धुलिखेलमा बनाउन लागेको तालिम केन्दको जग्गा किन्ने र ठेकेदार छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनिहरुले भ्रष्टाचार भएका बुदाँ कालो ब्यानरमा लेखी ‘व्याक अफ करप्टर’ लेखेर विरोध जनाएका छन् ।

धुलिखेलमा बन्दै गरेको भवनमा भ्रष्टाचार भएको भनि स्थानीयले बुँदागत लेखेको ब्यानर समेत टाँगेका छन् । वोलपत्र खोल्ने अन्तिम मिति सेप्टेम्बर ३० तोकिएकोमा आन्तरिक रुपमा चलखेल गर्न १ महिना पछि बोलपत्र मात्र खोलेको, प्राबिधिक तथा बित्तिय पक्षको नियमानुसार मुल्याङकन नगरेको, बोलपत्र फारममा सहि र कार्यालयको छाप नलगाएको, बोलपत्र फारममा प्रस्ट रुपमा कम कबोल गर्ने बोलपत्रदातालाई ठेक्का दिने भनिएकोमा आफ्नोे अनुकुलको बोलपत्रदातालाई ठेम्का दिईएको लगायतका बुदाँ लेखि स्थानीयले कारितासको जग्गामा कालो व्यानर लगेर टाँगिदिएका छन् । विरोध स्वरुप लेखिएको ब्यानरमा प्रमाणका लागि बोलपत्र फारमको पेज नंवर र कारितास नेपालको खरिद सम्बन्धि नियमावलिका पेज नंवर समेत उल्लेख गरेका छन् । कारितास नेपालको खरिद नियमावलिमा बोलपत्रदाताले पक्षपात भएको महसुस गरेमा कारितास नेपालमा उजुरि दिनसक्ने लेखिएको ब्यवस्था भएतापनि कुनै उजुरि लिन नमानेको आरोप समेत कारितास नेपाललाई लागेको छ ।

कारितासले आफ्नो ठाँउमा आएर भ्रष्टाचार प्रवर्धन गरेको स्थानीयको आरोप छ । यदि कारितास नेपाल यसरी नै भ्रस्टाचारजन्य कार्यमा संलग्न भइराखे आन्दोलन चर्काउने उनीहरुले जानकारी दिएका छन् । कारितास नेपालले कोहलपूर कार्यालय बनाए पश्चात् त्यहाँ क्रिश्चियन विद्यालय समेत बनाएको र धुलिखेलमा पनि क्रिश्चियन विद्यालय र चर्च बने आफ्नो सनातन धर्म वा संस्कृतिमा गम्भिर असर पर्ने हुनाले चर्च, क्रिश्चियन बिद्यालय नबन्ने ग्यारेन्टी भएमात्र आन्दोलनका कार्याक्रम फिर्ता गर्ने स्थानीयको भनाई छ । क्रिश्चियन बिद्यालय आए विद्यालयको आडमा विदेशी पादरीको चलखेल बढ्न सक्ने त्रास समेत स्थानीयमा फैलिएको छ ।

कारितास नेपाल एक गैह्र सरकारी संस्था भएकाले त्यस संस्थाको हरेक क्रियाकलापको बारेमा जानकारी पाउने अधिकार हरेक नेपाली नागरिकमा रहने भन्दै उनीहरुले कारितास नेपालले गरेको क्रियाकलापबारे आम नागरिकमा जानकारी दिन अनुरोध गरे । ‘कारितास नेपालले गरेको क्रियाकलापबारे आम नागरिकमा जानकारी दिन नमिल्ने तर विदेशी नागरिक लाई ल्याएर नेपाली नागरिकको अति गोप्य कागजपत्रमा पहुँच दिनाले कारितास नेपालले राज्यको कानून लाईसमेत चुनौति दिएको स्पस्ट हुन्छ ।’–स्थानीयले भने । श्रम स्वीकृतिनै नलिई विदेशीलाई ल्याएर नेपाली नागरिकको स्वतन्त्रता माथी धावा बोल्नु कारितास नेपालको संस्कृतिनै भएको र संस्थाको संरक्षक पदमा रहेका भारतिय नागरिक पावल सिमिकले विदेशी मुलका एलेन निक्कन र मिसाल रोय लगायतका ब्यक्ति लागएर गैह्र क्रिश्चियन नेपाली कर्मचारीमाथी धार्मिक तथा मानसिक हिंसा गरेको समेत कारितास नेपालका एक पुर्ब कर्मचारीले बताए ।

कारितासले क्याथोलिक सोसियल टिचिङ्ग नामक दश वटा सिद्घान्त मान्ने गर्दछ । उक्त सिद्घान्तले अहिंसा, समनता, समता, भेदभाब, र नागरिकको आत्म–सम्मान पुर्बक बाच्ने अधिकारको पक्षमा वकालत गर्दछ । विना क्षमता र योग्यता चर्च बाट सिधै उठाएर कर्मचारी बनाउनु, क्रिश्यिनले गरेको कुनैपनि खराव अचारण माथि कारवाहि नहुनु र गैह्र कृश्चियन माथि झुटो आरोप लगाई नेपालको अध्यागमन र श्रम कानूनलाई नै चुनौती दिँदै गैह्र क्रिश्यन कर्मचारीमाथी भएको ज्यादतीले संस्थाका संरक्षकले नै आफ्नै सिद्घान्तको मर्यादा लाई उल्लङ्घन गरेको समेत आरोप कारितास नेपाललाई लागेको छ । स्थानीयले यस अघि पनि धुलिखेलमा बन्न लागेको केन्द्रको परिसरमा कालो व्यानर सहित विरोध जनाएका थिए । स्थानीयहरुले कालो व्यानरमा कारितास नेपालको भवन बनाउँनु पूर्व भएका काम कार्वाहिले भ्रष्टाचार भएको भन्दै कालो व्यानर सहित विरोध जनाएका थिए । कारितासले एक बर्ष अगाडी जग्गा किनेको थियो भने केहि समय अघि मात्र भवन बनाउन भनेर निर्माण कम्पनी छनौट गरेको थियो । निर्माण कम्पनी काम गर्न आएपनि यी कुराहरुको जवाफ माग्दै विरोध जनाएको स्थानीयको भनाई छ ।

कारितासका गलत पकृया तथा भवन निर्माण तथा ठेक्का प्रकृयाका बारेमा स्थानीयबाट गुनासो आएपश्चात सूचनाको हक प्रयोग गरी कारितास नेपालसंग के भएको हो भनेर कागजपत्र माग्दा पत्रकार भन्दैमा कुनैपनि सुचना माग्न नमिल्ने भन्दै कारितास नेपालका सूचना अधिकारी दिपेन्द्र लम्सालले जवाफ पठाएका छन् ।


समाचार पछि पावल विदा मनाउन भारत


कारितास नेपालको कार्यकारी पोष्टमा रहेका पावल सिमिकको बारेमा लुक्स नेपाल डटकममा समाचार प्रकाशित भएपछि विदा मनाउने नाममा भारत गएका छन् । कारितास नेपालले नेपालको संविधान तथा आफ्नै विधान मिचेर विदेशीलाई संरक्षकको रुपमा राखेको भन्दै लुक्स नेपाल डट कमले समाचार प्रकाशित गरेपछि उनि भारत गएका हुन । उनलाई कारितास नेपालले कार्यकारी अधिकार सहित संरक्षकको रुपमा राखेको समाचार लुक्सनेपालले ब्रेक गरेको थियो ।

कारितास नेपालको विधान २०४७ को संसोधित २०५८ असोज १ को विधानमा क्याथोलिक समुदायको प्रमुखले स्वत प्रमुख (सभापति) पद पाउने भने पनि तत्कालिन स्वर्गिय अमुल्यनाथ शर्मा देवकोटा सभापति रहेकै बेला भारतीय नागरिकलाई बोर्ड अध्यक्ष (संरक्षक) ल्याउन २०७१ चैत्र ४ गते संसोधन गरी क्याथोलिन समुदायका प्रमुख (विशप) लाई संरक्षक बनाईएको विधानत देखिन्छ । एउटै विधानको परिच्छेद ५ दफा १५ च ले एकै व्यक्तिलाई संरक्षक र परिच्छेद ५ को १ ले सभापति दिएको छ । यो हिसावले अमुल्यनाथ शर्मा देवकोटाको मृत्यू पश्चात भारतीय नागरिक पावल सिमिकलाई कार्यकारी समितिमा राख्नकै लागि उक्त विद्यान संसोधन भएको देखिन्छ । विधान संसोधन गर्दा सिमिकलाई नै सभापति र संरक्षकको मान्यता दिएका थियो । संसोधित विधानले हालको सभापति नै अबैधानिक मानेको देखिन्छ । श्रोतका अनुसार कारितासमा संरक्षकको भुमिकामा रहेका भारतीय नागरिक पावल सिमिकले कारितास नेपालमा संरक्षक बस्नको लागि अनुमति तथा श्रम स्वीकृति नलिएको समेत आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal