पशुपतिले ‘कुकुर’ भन्दा आपत्ति ? युवा संघका नेताहरु ‘घाँसमा लुकेको हरीयो सर्प’ हुन् !

पशुपतिले ‘कुकुर’ भन्दा आपत्ति ? युवा संघका नेताहरु ‘घाँसमा लुकेको हरीयो सर्प’ हुन् !

काठमाडाैं । पत्रकार लेखक तथा गितकार कुशुमले कम्युनिष्ट नेता कार्यकर्ताहरुमा राजनीतिक चरित्र नहुने भन्दै सोमत नभएकाहरुको झुण्डको संज्ञा दिएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कांग्रेसको बचाउ समेत गरेका छन् । नेपाली राजनीतिमा असभ्य र अभद्र शब्दहरु भित्र्याउने कम्युनिष्ट नै भएको र तल्लो स्तरका गाली गर्ने शब्दहरुको प्रयोग समेत उनीहरुबाट नै भएको भन्दै कडा टिप्पणी गरेका छन् ।

पशुपति शर्माको गीतको बचाउ गर्दै उनले युवा संघका नेताहरुलाई कुकुर र सर्पको संज्ञा दिदै हरियो घासमा लुकेका सर्पहरु भएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पशुपति शर्माले ‘कुकुर’ शब्द उच्चारण गर्दा के आपत्ति भयो ? कुकूरभन्दा बढी खतरनाक र विषालु त सर्प हैन र ? युवा सँघका कार्यकर्तालाई हेक्का रहोस्, कुनैबेला नेकपा (माओवादी)का नेताहरु एमालेलाई ‘घाँसमा लुकेको हरीयो सर्प’ भन्थे ।’

पूर्व एमालेका नेता कार्यकर्ताहरुले क्रन्तिकारीता देखाउन जसलाई पनि नछाड्ने गरेकाले पशुपति शर्माको गीतमा भनिएको कुकुर शब्द समेत सभ्य भएको तर्क अघि सारेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन्,

कुकुर’ र सर्प

एमालेका कार्यकर्ता नै थिए, जसले कुनैबेला ‘तालुुखुइले गिरिजा, भारततिर छिरिजा’सम्मका अभद्र शब्दहरु बोलेर देशको बहालवाला प्रधानमन्त्रीको अपमान गर्न हिचकिचाउँदैनथे । त्यसो गर्नु उनीहरुको दृष्टिमा ‘क्रान्तिकारीता’ मानिन्थ्यो ।

दरबारमा विराजमान राष्ट्रप्रम्ुख तात्कालीन राजा ज्ञानेन्द्रलाई ‘मुर्ती चोर’ अनि युवराज पारसलाई ‘गुण्डा’सम्मका शब्दहरु उरालेर अपमान गर्नेहरु पनि हाल नेकपाका युवा नै थिए । राष्ट्रिय सभामा तात्कालीन एमालेका साँसद गोल्छे सार्कीले काँग्रेस नेता रामचन्द्र पौडेलमाथि हातपात गर्दा एमालेका कार्यकर्ताले थपडी बजाएकै हुन् ।

नेपाली राजनीतिमा भाषाको शिष्टता र भद्रता बिगार्ने काम नेपालका कम्युनिष्टहरुले गर्दै आएका छन् । कम्युनिष्टहरुवीच नै निम्नकोटीको निकृष्ट आरोप प्रत्यारोप हामीले नसुनेको हैन । मोहनविक्रमले पुष्पलाललाई भक्कुमार गाली गरेर ‘गद्दार पुष्पलाल’ शिर्षकको किताब निकालेदेखि नै कम्युनिष्टहरुमा शिष्टता र मर्यादाको अभावको इतिहास पाउँछौं ।

कम्युनिष्टहरुमा बोलीको सोमत पटक्कै हुँदैन । कम्युनिष्टहरु आपसमा बाझाबाझ गर्दा ‘भारतीय दलाल’, ‘रअ र सिआइएको एजेन्ट’, ‘दरबारको नोकर’ आदि अनेक आक्षेप लगाउन पछि पर्दैैनन् ।

पशुपति शर्माले ‘कुकुर’ शब्द उच्चारण गर्दा के आपत्ति भयो ? कुकूरभन्दा बढी खतरनाक र विषालु त सर्प हैन र ? युवा सँघका कार्यकर्तालाई हेक्का रहोस्, कुनैबेला नेकपा (माओवादी)का नेताहरु एमालेलाई ‘घाँसमा लुकेको हरीयो सर्प’ भन्थे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal