नमोबुद्ध नगरमा राजश्व संकलनमा हिनामिना

नमोबुद्ध नगरमा राजश्व संकलनमा हिनामिना

भकुण्डे/नमोबुद्ध नगरपालिकामा राखेको ‘ढाट’ मा अनियमिता भएको खुलासा भएको छ । नमोबुद्धमा राखिएको ढाटमा खटिएका कर्मचारीले नगरपालिकाले तोकेको मापण्ड अनुसार सेवा ग्राहि सँग लिने तर नगरपालिकामा बुझाउँदा कम रकमको अर्धकट्टी बुझउने गरेको खुलासा भएको हो । सेवाग्राहि सँग लिने सक्कली रसिद दिए पनि नगरपालिकामा बुझाउँदाकम रकम उल्नेख गरेको रसिद भेटिएको छ । हिनामिना भएको पाएपछि ंनगरपालिकाले ढाटमा बस्ने कर्मचारी परिवर्तन गरेको छ । ‘के भएको हो बुझ्न छानविन समिति बनाएका छौं ।’–नगर प्रमुख टिपी शर्माले भने ।

केहि समय अघि देखि नै अनियमितता भएको गुनासो आएपनि नगरपालिकाले ढाट हेर्ने कर्मचारी कमल कुईकेललाई समान्य सोधपुछ गरिएको बुझिएको छ । गत पुष २७ गते बसेको कार्यपालिकाको बैठकमा वडा अध्यक्षहरुले राजश्व संकलनमा हिनामिना सम्वन्धी प्रश्न उठाए पछि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ढाटमा खटिएका कर्मचारी कमल कुईकेललाई बोलाएर सामान्य सोधपुक्ष गरेका थिए । आगामी बैठकमा बुझरने भनिएपनि वडा सचिवको निधन भएपछि माघ ५ गते रोकिएको कार्यपालिकाको बैठक माघ १५ गते बसेको थियो ।

नगरपालिकाले पास गरेको आर्थिक ऐनमा उल्लेख भए अनुसारको ढुगा, गिट्टी, बालुवा, स्लेट र रोडा – प्रति क्यु फिट ९ रुपैया, माटोको प्रति क्यु फिट २ रुपैया ५० पैसा , स्लेट र विछ्याउने ढुंगाको प्रति क्यु फिट ९ रुपैया लिने निर्णय गरेर नगरपालिका आफैले ढाट राखेर कर उठाउँदै आएको थियो । यो रेट अनुसार सामान्य गाडी निशानमा सामान ल्याउँदा पनि दररेट अनुसार १ हजार ५ सय रुपैया पर्छ । तर एक हजार रुपैयाको रसिदमा अर्धकट्टि राखिएको छ । टिपरलाई दिएको बिल र नगरमा बुझाएको बिल ट्याली गर्दा ठुला टिपरहरुलाई ३ हजार रुपैया लिएको तर नगरपालिकामा बुझाएको रसिदमा १ हजार जनाएर बुझाएको भेटिएको छ । (रसिद प्राप्त छ) यो क्षेत्रमा दैनिक १ सय भन्दा बढि टिपरहरुहरु गुड्छन् । रसिदमा रकम हिनामिना देखिएपनि अहिले सम्म कति रकम हिनामिना भो छानविन पछि देखिने नगरपालिकाले जनाएको छ । स्रोतका अनुसार आर्थिक वर्षको शुरू साउन १ गतेदेखि माघ १४ गतेसम्म राजस्वका झन्डै ८ हजार रसिद काटिएका छन्। आधाभन्दा धेरै रसिद त्यस्तो अवस्थामा रहेको स्रोतका भनाई छ ।

गत बर्ष नगरपालिकाले कर उठाउन ठेक्कामा दिएको थियो । यस बर्ष पनि कर उठाउन ठेक्का दिने सूचना ५ पटक पत्रिकामा निकालेपनि कोहि पनि ठेक्का लिन नआएको नगरपालिकाले जनाएको छ । ठेक्का लिन नआएपछि नगरपालिका आफैले ढाट राखेर कर उठाउँदै आएको थियो । गत बर्ष ४ करोडमा ठेक्का दिएको भए पनि यस बर्ष ६ करोडमा ठेक्का दिन सूचना निकालिएको थियो । ६ करोड उठाउने लक्ष्य लिएको नगरले ६ महिना वित्दा १ करोड ९४ लाख रकम संकलन भएको नगरपालिकाले जनाएको छ । अनियमितता भएको कुराहरु आएपछि ढाटमा बस्ने कर्मचारी नै परिवर्तन गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

अनियमितता छानविन गर्न समिति

ढाटमा अनियातिता भएको भन्दै सत्थ्य तथ्य छानविन गर्न नगरपालिकाले आर्थिक समितिका संयोजक रामकृष्ण अधिकारीको संयोजकत्वमा ४ सदस्यिय छानविन समिति गठनगरेको छ । जस्को सदस्यहरुमा वडा अध्यक्षहरु धर्म सिं लामा र सञ्जिव ढकाल, सदस्य सचिव लेखा शाखाका कर्मचारी राजिव श्रेष्ठ रहेको समति गठन गरिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो । अस्ति माघ १५ को कार्यपालिका बैठकले छानविन गर्न समिति बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal