सहकारिलाई सुचकांकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठि

सहकारिलाई  सुचकांकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठि

बनेपा/ जिल्ला सहकारी संघ लि. काभ्रेेेेेेेेेेेेेेेे द्वारा जिल्लामा रहेका विभिन्न प्रकृतीका१४० भन्दा बढी सहकारी सस्थाहरुको सहभागितामा सदस्य केन्द्रियता सुचकांकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठि संचालन गरेकाे छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. का सल्लाहाकार टिकाबल्दभ सापकोटा र जिल्ला कृषि सहकारी संघ लि का अध्यक्ष सुमन नेपालले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अधिकृत नारायण कार्कीले सहजिकरण गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सि., संघको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक ठाकुरनाथ अधिकारी र जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीले सम्बाेधन गरेका थिए ।

सहकारी शिक्षा तथा सहकारीका आधारभूत बिषय, सहकारीको परिचय, बिषेशता तथा महत्व आदिका बारेमा जानकारी गराउँदै प्रशिक्षक नारायण कार्की सहकारी संस्था श्रमममा आधारित भई पूँजीलाई भन्दा परिश्रमलाई महत्वदिएर नै सहकारी संस्थाहरु अगाडिबढ्दा वास्तबमै सहकारी संस्थाहरु अविछिन्न रुपमा चलाउन सकिने बताए ।

जिल्ला भित्र दर्ता भई सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल सरकार भूमिव्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय सहकारी बिभागको सहयोगमा सञ्चालन भएको हाे कार्यक्रममा सदस्यता केन्द्रियताका बिषयमा जानकारी गराउँदै प्रशिक्ष नारायण कार्कीले सदस्यहरुलाई केन्द्रमा राखेर गरिने हरेक क्रियकलापहरु संस्थाले सञ्चालने गर्नुपर्ने, जसमा सदस्यको बल, बुद्धि, सहित संस्था सदस्यको हितमा चल्नुपर्नने र सदस्यले संस्थाले प्रदान गरेको सेवामा रहि सेवा उपभोग गर्ने बानीको विकास गर्नु नै बताए।

सहकारी संस्था मूल्यांकन, सुचकांकका बिषेशतामा सरलता, लागत प्रभावकारीता, भरपर्दो जस्ता बिषयहरु जानकारी गराइएको हो । जसमा यसका मान्यता, औचित्य तथा सूचकहरुमा संस्थापकिय कारोवार, सञ्चालकीय सक्रियता, संरक्षकीय सम्वन्धनका बिषयमा समेत स्पष्ट पारिएको जिल्ला सहकारी संघ लि का सचिव दिलप शर्माले जानकारी दिए।

जिल्ला सहकारी संघ लि ले आगामी फागुन महिना भित्र कोपोमिस तथा सम्पत्ति सुद्दिकरण सम्वन्धि ४ वटा विभिन्न पालिकास्तरमा सम्पन्न गर्दैछ । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्बाह गर्दै आएको जिल्ला संघले १३ वटै स्थानीय तह हरुमा पालिकास्तरीय सहकारी समन्वय समिति तथा क्षमता विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सहकारी प्रवद्र्धन र विकासमा उल्लेखनीय कामहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal